कर्मचारी, समायोजन भएका आधाभन्दा धेरै संघमै

| काठमाडाैं

सरकारले कर्मचारी समायोजनको काम सकिनै लागेको दावी गरेको छ । सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भनेपनि ५३ हजार ६ सय १२ कर्मचारीको समायोजन भइसकेको छ । तर, ३४ हजार ७ सय ६३ कर्मचारी सघंमै रहेको कान्तिपुर दैनिकमा खबरछ ।

कर्मचारी समायोजनमा खटिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदार पनेरु कर्मचारी समायोजनको काम सक्न लाग्यौ भन्दै उत्साह प्रकट गर्दा कर्मचारीले प्रदेश रोज्ने क्रम भने कम हुँदै गएको छ ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले पनि कर्मचारीले संघ छोड्न नमानेको बताएका छन् । उनले विभिन्न समूहका कर्मचारीले संघमा दरबन्दी कायम राख्न दबाब दिन नछाडेको बताए । जसरी भएपनि संघमै रहने दौडधुपमा कर्मचारी रहेको पनि थपलियाले बताए ।

त्यस्तै विखण्डनको मुद्दा लिएर आन्दोलनमा रहेको सीके राउत समूहले सरकारसँग ११ बुँदे सहमति गरेको छ । प्रधानमन्त्री कै निगरानीमा वार्ता भएको, सरकारले गरेको सहमतिको भाषामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भने असन्तुष्ट रहेको, सीके राउतसँगको सहमतिपछि अब मधेशमा तेस्रो धार बन्न सक्ने देखिएको खबर छ ।

प्रतिकृया दिनुहोस्

तातोपानी नाका जेठको दोस्रो साता सञ्चालनमा आउने

img

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका ...

ललितानिवास प्रकरणः राजदूत पौडेल पनि तानिए

img

बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा ...

एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कार्यालय सहयोगी र अन्य कर्मचारी

img

एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय ...

बलात्कारी जोगाउन चलखेलः प्रहरीले घटनास्थलको तस्बिर मेटायो

img

महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी ...

व्यापार घाटा १० खर्ब, सरकारी जग्गामा भूमाफियाको रजगज

img

यस आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत) मा व्यापार घाटा ९ खर्ब ...

ओलीको बोलीले हंगामा

img

‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ ...

पत्रपत्रिका

सबै