बर्दियामा १२ वर्षकी बालिकाले जन्माइन बच्चा

| गुलरिया

बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन् । ०६३ चैत १३ मा जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरीलाई जन्माएकी हुन् । स्वास्थ्य संस्थामा समेत नपुगी उनी आमा बनेकी हुन् । आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो ।

गर्भ रहेको ९ महिनामा घरमै सुत्केरी भएकी भावना र उनकी छोरी पूर्णिमाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा छ । भावनाको शरीर सुन्निएर ज्वरो आएको छ । गाउँकै सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्यनरत १४ वर्षीय नन्दबहादुर रावतसँगको बालविवाहले भावनालाई कष्टपूर्ण अवस्थामा पु¥याएको हो ।

एकातिर सुत्केरी अवस्थाको पीडा त छँदैछ अर्कोतिर आर्थिक अभावका कारणा साँझ बिहानको छाक टार्न समेत धौधौ छ उनीहरुलाई । सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुपर्छ, तर भावना आर्थिक अभावका कारण पौष्टिक आहार खानबाट समेत बञ्चित छिन् । यो समाचार अन्नपूर्णमा छन् ।

प्रतिकृया दिनुहोस्

ज्यान जोगाउन सिरियाबाट भागेका बाबुछोरा न्यूजील्याण्डमा मारिए

img

सिरियाको गृहयुद्धका कारण विश्वकै सर्वाधिक सुरक्षित ठानिएको मुलुक न्यूजील्याण्ड पुगेका मुस्लिम बाबुछोरा ...

प्रदेश २ सँग केन्द्र सरकारको फेरि खटपट

img

देश २ को सरकारले केन्द्रीय योजनाका रूपमा सञ्चालित ‘सागरनाथ वन परियोजना’ आफ्नो ...

हिरा व्यापारी मोदी लण्डनमा समातिए

img

पञ्जाव नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हिरा व्यापारी ...

लाखौं ठग्दै मेडिकल कलेज

ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगन्जको नेसनल र पोखराको गण्डकी मेडिकल कलेजले फरक–फरक शीर्षक र दरमा लाखौं रकम अवैध रुपमा असुल्ने गरेको पाइएको छ । छानबिन टोलीले ती कलेजलाई कारबाही गर्न ...

दाहाल अमेरिका गएपछि नेकपा एकता प्रक्रिया लम्बियो

img

जिल्लाका अध्यक्ष र सचिवहरूको नाम पहिले टुंग्याउने र सदस्यहरू तय गर्ने विधि ...

अब सात दिनमै विदेशी लगानी स्वीकृत

 विदेशी लगानी स्वीकृतिका लागि लगानीकर्ताले निवेदन दिएमा अब सात दिनभित्र निर्णय दिनुपर्ने व्यवस्थासहित विदेशी लगानी तथा प्रंविधि हस्तान्तरण सम्बन्धी विधेयक तयार भएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम ...

पत्रपत्रिका

सबै