राप्रपाको जेठमा आँधीबेहरी 

| विरगञ्ज

राप्रपा(संयुक्त)ले प्रदेश नं २ अन्तरर्गत शुक्रबार विरगञ्जको लायन्स क्लवको हलमा वारा, पर्सा र रौतहटको भेला गरेको छ । 

सो भेलालाई पार्टीका अध्यक्षद्वय पशुपति शमशेर जवरा र डा. प्रकाशचन्द्र लोहनी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् । 

अध्यक्ष लोहनीले सम्बोधनको क्रममा सिके राउतको निर्णयलाई स्वागत गर्दै सबै नेपाली मिलेर देशमा रहेको विभेद र असमानता हटाउन प्रतिवद्ध भएर अघि बढ्न अनुरोध गरे । सरकार विचौलिया नियन्त्रण गर्न नसक्ने भए कुर्सीमा बसेको औचित्य नरहेको उनले थपे । नेपालको पहिचान सनातन हिन्दूराष्ट्रको रुपमा स्थापित गरियोस र राष्ट्रप्रमुखमा राजसंस्था कायम गरियोस भनी आन्दोलनको तयारी गरेको अध्यक्ष डा.लोहनीले खुलाशा गरे । 

अर्का अध्यक्ष राणाले सिहंदरवारको अधिकारको नाममा जनताको घरदैलोमा करको भार पुर्याएको र भ्रष्टाचारले देशको स्थिति खस्काएको आरोप लगाए । 

यसविरुद्ध संघर्ष गर्ने अठोट गर्दै विचार नीति र सिद्धान्त मिल्ने सबै दल,व्यक्ति वा समूहसँग आफूहरू एकता गर्न तयार रहेको उनले बताए । 

आउदो जेठवाट आन्दोलनको आँधीबेहरी ल्याउनलाई कार्यकर्ता तयारीरहनसमेत निर्देशन दिए ।

प्रतिकृया दिनुहोस्

छाया सरकारमा कसलाई कुन मन्त्रालय ?

img

प्रमुख विपक्षी नेपाली कांग्रेसले छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति ...

इतिहासलाई न्याय नगरेको : डा. लोहनी

img

सनातन युवा मञ्च नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा राप्रपा (संयुक्त) का अध्यक्ष डा. ...

स्वामित्व कायम हुन्छ : मन्त्री अर्याल

img

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भुमिसुधारसम्बन्धी कानून परिमार्जन ...

सरकार निरंकुश बन्दै गएको छ : नेता केसी

img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार निरंकुश बन्दै गएको आरोप लगाएका ...

समाजमा पुनः डा.केसी

img

 नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाजको अधिवेशन शनिबार  सम्पन्न भएको छ । ...

समाधानका लागी एकिकृत कानुन : मन्त्री अर्याल

img

भुमि सम्बन्धी समस्या समाधान गर्नका लागि एकिकृत कानुन तर्जुमा गरि प्रक्रिया अगाडि ...

पत्रपत्रिका

सबै