मकवानपुरगढी दरबार (फोटोफिचर)

| मकवानपुर

मकवानपुरगढी दरबार हैटौंडादेखि १६ कि.मि. पूर्व कान्तिपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मि. उचाइको पहाडी थुम्कोमा अवस्थित छ । सेन वंशका राजाहरुले १३ औं शताव्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ । सेन वंशका प्रतापी राजा मुकुन्दसेनकै नामबाट कुकुन्दपुर, माकन्दपुर, मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामकरण भएको हो भन्ने जनविश्वास रहेको छ । सेन वंशका लोहाङगसेनदेखि अन्तिम राजा दिगबन्धन सेनसम्मका राजाहरुले करिब ३०० वर्षसम्म मकवानपुरगढीलाई राजधानी बनाई राज्य गरेका थिए । 

मकवानपुरगढी राजा तुलासेनको राज्य कालमा निर्माण गरिएको विश्वास गरिन्छ । गढीको तीनवटा भाग रहेका छन् । ठुलोगढी, सानोगढी र ढुङ्गेगढी । ठुलोगढीमा दुई दुई वटा दरबार, मन्दिर तथा पानी ट्याङकीहरू रहेका छन् भने ठुलोगढीको दक्षिण पश्चिममा करिब ३०० मीटरको दुरीमा सानोगढी र करिब २ कि.मि. उत्तरपूर्वमा ढुङगेगढिरहेका छन् । 

मकवानपुरको एकीकरण 

पृथ्वीनारायण शाहले एकीकरणको दौरान उपत्यका विजय प्राप्त गर्न मकवानपुर राज्यको एकीकरण अत्यावश्यक ठानी वि सं. १८१९ भदौं ९ गते (ई.सं. १७६२ अगष्ट २१) को विहानैबाट हमला गरी करिब आठ घण्टाको लडाइँपश्चात मकवानपुरगढीमा विजय प्राप्त गरेका थिए । तत्पश्चात मकवानपुरगढीबाट पूर्वमा रहेको हरिहरपुरगढीमा गोर्खालाी फौजाले ४ अक्टोवर १७६२का दिन कप्जा गरेपश्चात मकवानपुर राज्यको अन्त भएको थियो । 

फौजवीच भएको युद्ध 

मकवानपुर राज्यको पराजयपछि राजा दिगबन्धन सेनको सहयोगार्थ गुरगिन खाँको नेतृत्वमा आएका करिब २५०० मुगल सेनाका फौजलाई गोर्खाली सेनाले वि.सं. १८१९ माघ १० गते परास्त गरेका थिए । उक्त लडाइमा मुगलका करिब १७०० फौज र गोर्खाली फौजतर्फ करिब ३० जना मृत्यु भएको र करिबब पाँच सय बन्दुक र दुई थान तोप हात पारेका थिए । उक्त लडाइँको सम्झानामा मकवानपुरगढी दरबारमा हरेक वर्ष माघ १० गते विजय उत्सव मनाउने गरिएको छ । 

नेपाल अंग्रेज युद्ध 

ई.सं. १८१४ देखि १८१६सम्म भएको नेपाल अंग्रेज युद्धको समयमा अंग्रेज फौजले मकानपुरगढीमा हमला गरेका थिए । सुगौली सन्धीको हस्ताक्षर गर्न नेपाल पक्षबाट भएको ढिलाइको कारण पुनः अंग्रेजहरू असन्तुष्ट भई जनरल अक्टरलोनीको नेतृत्वमा दोस्रो पटक तराई हुँदै मकवानपुरगढीमा हमला गरेका थिए तथापि गढीलाई भने कब्जा गर्न सकेका थिएनन् ।

प्रतिकृया दिनुहोस्

रसुवामा घाटु नाच (फोटोफिचर) 

img

रसुवाको उतरगया गाउँपालिका ३ ठुलो गाउँमा गुरुङ समुदायको परम्परागत सांस्कृतिक सति घाटु ...

विधेयक विरुद्ध आन्दोलन (फोटोफिचर)

img

मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले शुक्रबार देशभर प्रदर्शन गरेको छ ...

अन्तर्राष्ट्रिय शान्ति पदयात्रा र लोटस ल्यान्टन महोत्सव (फोटोफिचर/भिडियो)

img

दक्षिण कोरियामा हरेक बर्ष बुद्ध जयन्तीको अवसरमा हुँदै आएको अन्तर्रा्ष्ट्रिय शान्ति पदयात्रा ...

शैलुङ महोत्सवको रौनकता (फोटोफिचर/भिडियो)

img

दोलखा र रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा ३ दिने प्रथम शैलुङ महोत्सव शुक्रबारदेखि ...

साकुरासँग मनका कुरा (फोटोफिचर)

img

मौसम फूलैफूलको हो । बसन्त ऋतुमा सबै ठाउँमा फूलफुल्ने र मौसम परिर्वतन ...

पत्रपत्रिका

सबै