राजपा आन्दोलनतिर

सरकारलाई दिएको समर्थन फिर्ता 

| काठमाडौं

सवोच्च अदालतले आफ्ना सांसद् रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएपछि राजपा, नेपालले आन्दोलनको बाटो समाएको छ । चौधरीसहित १७ जना सांसद रहेको यस पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै यस्तो निर्णय लिएको हो । राजपाले समर्थन फिर्ता लिए पनि सरकारलाई भने केही फरक नपर्ने देखिन्छ । राजपाको समर्थन फिर्ताले सरकारलाई केही फरक नपरे पनि अबका दिनमा सरकार विरोधी मोर्चा भने बलियो हुँदै जाने देखिन्छ । 

विपक्षी दल नेपाली कांग्रेस सरकारको चर्को आलोचना गर्दै आन्दोलनमा छ । मोर्चागत एकता नभए पनि राप्रपा (संयुक्त) ले पनि देशभर सरकारविरोधी गतिविधीलाई बढाईरहको छ । यता विप्लव समूहले शसस्त्र गतिविधीलाई तीब्र बनाईरहेको छ । राजपा नेपालको आन्दोलन अब डडेलोमा घिउ थपेझैं हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो आफ्नो दलको समर्थन र्फिता लिएसँगै सरकारलाई अकंगणीतमा केही फरक नपरे पनि मधेसको सेन्टिमेन्ट भने गुमाउने दाबी गरेका छन् । ‘अबको आन्दोलन मधेस आन्दोलन या थरूहट आन्दोलन मात्र हुँदैन, अधिकार नपाएका र सरकारसँग रूष्ट भएका भएका परिवर्तनकारी, पहिचानवादी सबै शक्ति आन्दोलनमा आउनेछन्’, उनले भने । 

प्रतिकृया दिनुहोस्

छाया सरकारमा कसलाई कुन मन्त्रालय ?

img

प्रमुख विपक्षी नेपाली कांग्रेसले छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति ...

इतिहासलाई न्याय नगरेको : डा. लोहनी

img

सनातन युवा मञ्च नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा राप्रपा (संयुक्त) का अध्यक्ष डा. ...

स्वामित्व कायम हुन्छ : मन्त्री अर्याल

img

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भुमिसुधारसम्बन्धी कानून परिमार्जन ...

सरकार निरंकुश बन्दै गएको छ : नेता केसी

img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार निरंकुश बन्दै गएको आरोप लगाएका ...

समाजमा पुनः डा.केसी

img

 नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाजको अधिवेशन शनिबार  सम्पन्न भएको छ । ...

समाधानका लागी एकिकृत कानुन : मन्त्री अर्याल

img

भुमि सम्बन्धी समस्या समाधान गर्नका लागि एकिकृत कानुन तर्जुमा गरि प्रक्रिया अगाडि ...

पत्रपत्रिका

सबै