एक वर्षमा असाधारण काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी 

| काठमाडौं

काठमाडौंको भृकुटीमण्डपमा आयोजित श्रद्धान्जलीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओली शर्माले सरकारले एक वर्षमा अरु सरकारले नगरेका असाधारण काम गरेको दाबी गरेका छन् ।

सरकार विरोधीहरुले सरकारको लोकप्रियता देखेर आत्तिएर आलोचना र टिप्पणी गर्न थालेको उनको गुनासो थियो । ‘केही पनि भएन । हुँदै भएन । कतै केही भएन भन्ने छँदैछ । यो त मान्छेको बानी नै बनेको छ ।’ उनले भने ।श्रद्धान्जलीसभा दिवांगत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र हेलिकोप्टर दुर्घटनामा परेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको सम्झनामा आयोजना गरिएको थियो । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रविन्द्र अधिकारीले छोटो समयमा बिर्सन नसक्ने काम गरेको बताए । ‘रवीन्द्र अधिकारी एक वर्ष मन्त्री हुनुभयो । एक वर्ष मन्त्री पाउँदा बिर्सन नसक्ने कामहरु गर्नुभयो, कसैले उपेक्षा गर्नै नसक्नेगरी छोडेर जानुभयो । संस्कृति, पर्यटन नागरिक उड्यनको क्षेत्रमा, उहाँको कामको तीव्रता, उहाँका योजनाहरु असाधारण छन ।’

यसैगरी उनले छोटो समयमा आङछिरिङ शेर्पाले नेपालको पयर्टन व्यावसायलाई उचाईंमा पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । सभामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पूर्वउपप्रधानमन्त्री अधिकारी र हवाई दुर्घटनामा दिवङ्गत पर्यटनमन्त्री अधिकारीसहित अन्य सात जनाले आफ्ना जीवन कालमा र्पुयाएको योगदानको स्मरण गरे । उनले भरतमोहन, रवीन्द्रजस्ता कम्युनिस्ट आन्दोलनलाई हाँक्न सक्ने नेता, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवक कर्मचारी गुमाएकामा दुःखसमेत व्यक्त गरे ।
 

प्रतिकृया दिनुहोस्

विप्लवको माग सम्बोधन गर्नुपर्छ : किरण

img

सबैखाले बिभेदको अन्त्यको लागि क्रान्तिमा होमिएको नेकपाका बिप्लव समुहलाई बार्तामा बोलाएर जनताको ...

राजपा अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी

img

राष्ट्रिय जनता पार्टी (राजप)को अध्यक्ष मण्डलको संयोजक शरतसिंह भण्डारी बनेका छन् । ...

राज्यले भाषिक नामाकंन बिगारेको छ : सांसद तामाङ

img

विगतमा राज्यले भाषिक नामाकरणको शब्दहरू विगारेका छन् । यसर्थ आदिवासी जनजाति समुदायमाथि ...

प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त

img

काभ्रेमा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । महानगरीय ...

सीकेको राष्ट्रिय परिषद् बैठक सुरु, सुरक्षा कडा 

img

सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक लहानमा सुरु भएको ...

विप्लव कार्यकर्तामाथि गोली हान्न निर्देशन

img

सरकारले प्रतिबन्ध घोषणा गरे लगतै विप्लव कार्यकर्तामाथि गोली हान्न सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ...

पत्रपत्रिका

सबै