माग सम्बोधन नभए आन्दोलन 

| सर्लाही

नेपाल उखु उत्पादक महासंघ, नेपाल उखु किसान संघ, उखु उत्पादक मिलगेट समिति हरिवन र किसान हकहित संरक्षण समिति सर्लाहीले मंगलबार पत्रकार सम्मेलन गरी माग सम्बोधन नभए आन्दोलन गर्ने घोषणा गरे ।  

सर्लाहीको हरिवनस्थित पुष्पाञ्जली होटलमा पत्रकार सम्मेलन गरि तीन दिने अल्टिमेटम दिएका हुन् ।सम्मेलनमार्फत उनीहरूले सरकारले उपलब्ध गराउने भनिएको अनुदानबापतको ६५ रुपैया २८ पैसा र उद्योगले क्रसिङ सिजन २०७४।०७५ मा दिन बाँकी ५ रुपैया २८ पैसा समेत तत्काल भुक्तानी हुनुपर्ने माग राखेका छन्।

गत बर्ष उद्योगलाई बेचेको उखुको अनुदानबापतको रकम भुक्तानी गर्न किसानले तीन दिने अल्टिमेटम दिएका हुन । गत बर्ष उखु बेचेका उखु किसानलाई राज्यले अनुदान बापत ६५ रुपैया २८ पैसा उपलब्ध गराउने सहमति बमोजिमको अनुदान रकम अझै पाउन सकेका छैनन् । यस वर्षको क्रसिङ सिजनको भुक्तानी उखु बुझाएको ४५ दिन भित्रमा भुक्तनी गर्नुपर्ने उनीहरुको माग छ । उद्योगीले ५० दिन वितिसक्दा समेत उद्योगीले भुक्तानी नदिएको किसानहरुको गुनासो छ । 

भुक्तानीको ताकेता गर्दा उद्योगीले चिनी बिक्री नभएको जवाफ दिने गरेको महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीले बताए । 

गत फागुन ८ गते पनि किसान आन्दोलित बनेपछि सर्लाहीको हरिवनमा किसान प्रतिनिधि, राजनितिक दल, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रतिनिधिबीच एकसाता भित्रमा भुक्तानी दिने सहमति भएको थियो । ती माग कार्यान्वय नभएपछि किसानले फेरि आन्दोलनको घोषणा गरेका हुन्, सम्मेलनमा भने ।  

राज्यले कोष तथा लेखा नियन्त्रण कार्यलमा पठाएको रकम कमिसनको खेलमा परेर कर्मचारीले रोकेको उनीहरुको आरोप छ । 

अनुदानबापतको रकम भुक्तानीका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । समितिले सहमति पटकपटक उलंघन गरेर किसानलाई आन्दोलित गर्न बाध्य बनाएकोे उखु उत्पादक संघ सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले बताए । उनले भने – तीन दिनसम्म पनि  े माग संम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतवानी दिए । 

भुक्तानी समितिले आलटाल गर्दा यो समस्या आएको हो । अनुदान बापतको २६ करोड ३१ लाख रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा ५ महिनादेखि अलपत्र परेको छ । गत सिजनको उद्योगीले नदिएको ५ रुपैया २८ पैसा नपाउने हो की भन्ने चिन्ता समेत परेको छ, अध्यक्ष उप्रेतील भने ।

प्रतिकृया दिनुहोस्

सोमबार नेपाल र जापानबीच श्रम साझेदारी हुने

img

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका अनुसार नेपाल र जापानबीच ...

यात्रुको सुन चोर्ने ट्याक्सी चालक पक्राउ

img

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको साथबाट सुनको गरगहना चोरी गरेको आरोपमा ट्याक्सी चालकलाई ...

सिभिल सहकारी डुब्ने खतरामा, एकै व्यक्तिलाई ७ अर्बभन्दा माथि ऋण प्रवाह

img

काठमाडौंको सोल्ठीमोडमा रहेको सिभिल सेभिङ एण्ड कोअपरेटिभ डुब्ने खतरामा देखिएको छ । ...

अप्रिलबाट जापानमा नेपाली कामदार लैजाने

img

अब छिट्टै नेपालीले कामको लागि जापान जान पाउनेभएको छ । नेपाल र ...

कोरिया लाने कामदारको कोटा बढ्यो

img

कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साविकको कोटा यस पटकदेखि बढाएको छ ...

मुक्तिनाथ बैंकले खोल्यो नयाँ शाखा

img

भक्तपुरको ठिमी र काभ्रेको बनेपामा मुक्तिनाथ विकास बैंकले नयाँ शाखा खोलेको छ ...

पत्रपत्रिका

सबै