राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

दुर्गा मावि १० पदकका साथ पहिलो

| दोलखा, शैैलुङ
तस्बिर : गाउँपालिका अध्यक्ष

दोलखामा गाउँपालिका माध्यामिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ गते सम्पन्न भएको छ । प्रतियोगितामा दुर्गा माविले ८ स्वर्ण र २ रजत गरी १० पदक साथ पहिलो स्थान जमाएका छन् ।

तीन दिनसम्म चलेको प्रतियोगिता दुर्गा माविको खेलमैदानमा भएको हो । शैलुङ गाउँपालिकाद्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न खेलहरुमा ९ मावि स्तरीय विद्यालयका १ सय २५ खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा भलिबल, एथलेटिक्स, हाइजम्प, लङजम्प, ज्याबलिङथ्रो र सर्ट फुट लगायतका खेलहरूमा प्रतिस्पर्धा भएको संयोजक परशुराम श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी शारदा मावि ३ स्वर्ण, २ रजत, २ कास्य, नविन मावि १ स्वर्ण, ४ रजत ५ कास्य, विरेन्द्र मावि २ स्वर्ण र २ रजत, साँगुते मावि १ स्वर्ण, ३ रजत र २ कास्य, कालिका मावि २ स्वर्ण,  १ रजत,  ३ कास्य, कल्लाबारी मावि ३ रजत र ३ कास्य, मागपौवा मावि १ रजत र १ कास्य र कालिभुमेले १ कास्य प्राप्त गरेका छन् । प्रतियोगितामा १७ स्वर्ण, १८ कास्य र १७ रजत गरी ५२ पदकको लागि प्रतिस्पार्ध भएको थियो ।

प्रदेश नं.३ का सांसद केशवराज पाण्डे, गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलाल, नेकपा शैलुङका अध्यक्ष थिरबहादुर तामाङ लगायतले बिजेता खेलाडीहरुलाई  ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

उपराष्ट्रपति गेम्सका लागि खेलाडी छनोट

img

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपति ...

शनि सेमिफाइलनमा

img

नेपाल आर्मीका शनिसिंह सुनार राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा ...

जुनियर कराते सुरु  

img

  नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय जुनियर ...

खेलकुद सम्पन्न

img

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता ...

देशभरका खेलाडीहरुको सहभागितामा नुवाकोटमा पहिलोपटक खुल्ला चेस प्रतियोगिता

img

नुवाकोटमा पहिलोपटक ‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ आयोजना गरिएको ...

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथन

img

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथनको तयारी पूरा भएको छ । हेलम्बु ट्रेल ...

पत्रपत्रिका

सबै