तीन मुक्तक

| गजल/हाइकु...


डिग्री, योग्यता यो मान्छेको, काम लागेन भन्छन् ।
इमानको गाडी चढेकोले, ठाउँमा पुगेन भन्छन् ।
हुन पनि दौंतरीहरु, झण्डावाल  गाडी चढ्छन् ।
समय सँगसँगै यो मान्छेले मात्र, हिंड्न जानेन भन्छन् ।।

गम्भीर दुर्घटनाको पछाडी, रहस्य लुकेको हुँदोरहेछ ।
यसैले त छानबीन समिति, गठन गरेको हुँदोरहेछ ।
लामो समयपछि तथ्य सत्य बाहिर आउँदा
आम जनताले घटना, बिर्सि सकेको हुँदोरहेछ ।। 

निर्लज्ज नाङ्गा बाबा, गाँजा तानिरहेको थियो ।
लाज पचाहा, बेशर्मी, रमिता हेरिरहेको थियो ।
मोबाइल झिकेर सेल्फी खिचेको देखेकोले
यो प्रत्यक्षदर्शीको कन्सिरी तातिरहेको थियो ।।
 

प्रतिकृया दिनुहोस्

तामाङ डाजाङद्धारा ३ पुरस्कृत, ६ सम्मानित 

img

साहित्यिक संस्था तामाङ डाजाङले शनिबार १८ औ वर्ष प्रवेशको उपलक्ष्यमा तीन जनालाई ...

बताऊ 

बताऊ मलाई, गुलाब नाङ्गो हुन्छ या, नग्नता उसको एकमात्र पहिरन हो ? रूखहरू किन लुकाउँछन् जराको कान्ति ? कसले सुन्छ होला चोरीको गाडीका पछुतोहरू ? झरीमा उभिएको रेलभन्दा उदास अर्काे के होला यो दुनियाँमा ? अनुवादः बिनोदबिक्रम केसी   ...

सर्दुको फूल...

img

उसले आत्महत्या गरेछ । हिजो राती । निकै धेरै साहस जुटाएर उन्यो होला घाँटीमा ...

हाइकु

१. मर्ने पालो छ लथपल भएर मुख बाउँदै !   २. दानव युग दास्त्रदाह्रा निकाल्छ धम्किधमका !   ३. अणुबमझैँ नयाँ मान्छे विस्फोट मस्तनिद्रामा !   ४. हातले रोप्छ मानव कल्पवृक्ष शिवको छाती !   ५. निचोरिएर छाद्न थाल्छ मान्छेले तिलक टाँस्दै !   ५. लोप्पा ख्वाउँदै बूट प्रहार गर्छ खम्बाहरुले  ...

सरकारको आँखा 

देशमा कलकारखाना उद्योग केही पनि थिएन । उ बिहान बेलुकी मुख जोर्न साहुको भारी बोक्ने काम गथ्र्यो । सडकसँगै गाडी आएपछि त्यो काम पनि खोसियो ।  उ बेरोजगारी बन्यो । सबै ...

 आगोको लप्का विमोचन

img

साहित्यकार श्रीराम श्रेष्ठद्धारा लिखित आगोको लप्का हाइकु संग्रह शनिवार विदुरमा एक समाराेह बीच विमोचन गरिएको ...

पत्रपत्रिका

सबै