विजेतालाई १५ लाख पुरस्कार

| ​​​​​​​धनगढी

मुख्यमन्त्री कप विजेतालाई १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । आयोजक सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी विजेतालाई १५, उपविजेतालाई ८ र तृतीयलाई ५ लाख पुरस्कार घोषणा गरेको हो । सामाजिक विकासमन्त्री कृष्णबहादुर सुवेदीले प्रत्येक स्वर्ण पदक विजेता खेलाडीलाई मेडल र प्रमाणपत्रसहित १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको जनाए ।

सुदूरपश्चिम प्रदेश सरकारले खेलमार्फत् सुदूरपश्चिमको पर्यटन विकासका लागि पहिलो पटक मुख्यमन्त्री अन्तरप्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक ल्याउने प्रदेशलाई प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिने मन्त्री सुवेदीले बताए ।

प्रतियोगितामा भलिबल, क्रिकेट र व्याडमिन्टन अन्तरगत महिला र पुरुषतर्फको खेल हुनेछ  । त्यस्तै फुटबलमा पुरुषतर्फको खेल मात्रै हुनेछ । प्रतियोगितामा देशका सात वटै प्रदेशको टीम सहभागी हुनेछन् । ६ सय ४४ जना खेलाडी हुने खेलमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता पनि रहने छ ।

प्रतियोगिता औपचारिक रुपमा चैत १ गते शुरु भएपनि फुटबल र क्रिकेट प्रतियोगिता भने फागुन २९ गतेदेखि नै शुरु हुने मन्त्री सुवेदीले जनाए । उनले फुटबल र क्रिकेटमा लिग प्रतियोगिता हुने भएकाले दुई दिन पहिले नै शुरु हुने बताए । प्रतियोगिता चैत १ गतेसम्म चल्ने छ ।

मन्त्रालयले खेलकुद प्रतियोगिता सञ्चालनका लागि १० वटा उपसमिति गठन गरी तयारी तिब्र पारेको छ । तेजेन्द्र थापाको संयोजकत्वमा फुटबल, तिलक चौधरीको संयोजकत्वमा भलिबल, धिरेन्द्र साउँदको संयोजकत्वमा क्रिकेट, लालबहादुर शाहीको संयोजकत्वमा ब्याटमिन्टन उपसमिति गठन गरिएको हो । त्यसैगरी सांस्कृतिक व्यवस्थानमा लिाल बास्कोटा, सुरक्षा तथा स्वाम्सेवक परिचानमा रोहित कुँवर, स्वास्थ्य उपचारमा डा. चेतराज जोशी, प्रचारप्रसारमा अर्जुन शाह, बाना तथा बसोबासमा पुष्पराज कुँवर र समारोह तथा अतिथि सत्कारमा दिपक सिंह संयोजक छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव ईञ्जिनियर गोगनबहादुर हमालले खेलकुद मार्फत् सरकारले सुदूरपश्चिमको आर्थिक विकास गर्ने लक्ष्य लिएको बताए । उनले खेलकुद प्रतियोगितामा आउने खेलाडी लगायतका सहभागीले सुदूरपश्चिमको पर्यटन विकासमा समेत सहयोग पुग्ने बताए ।

मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले आउँदो चैत १, २ र ३ गते सामाजिक विकास मन्त्रालयको आयोजनामा सम्पन्न हुने खेलकुद प्रतियोगिताको निर्देशिका पारित गरेको हो ।

प्रतिकृया दिनुहोस्

उपराष्ट्रपति गेम्सका लागि खेलाडी छनोट

img

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपति ...

शनि सेमिफाइलनमा

img

नेपाल आर्मीका शनिसिंह सुनार राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा ...

जुनियर कराते सुरु  

img

  नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय जुनियर ...

खेलकुद सम्पन्न

img

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता ...

देशभरका खेलाडीहरुको सहभागितामा नुवाकोटमा पहिलोपटक खुल्ला चेस प्रतियोगिता

img

नुवाकोटमा पहिलोपटक ‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ आयोजना गरिएको ...

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथन

img

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथनको तयारी पूरा भएको छ । हेलम्बु ट्रेल ...

पत्रपत्रिका

सबै