उर्वर समयको मन्थन

| काठमाडाैं

हरेक मानिसको जीवनको असली नायक स्वयं हो । त्यही स्वयंभित्र आफूलाई समयको रफतारमा कुन परिधिभित्र कैद गरेको हुन्छ । त्यसको साक्षी समयसँगै स्वयं हुने गर्छ । तीनै समयको साक्षीको किनारामा जीवनलाई परबाट हेर्दा लाग्ने अनुभूतिको खातलाई धेरैले कृतिको रुपमा प्रकाशन गर्दछ । समय र आफू हुनुको दुरीलाई नाप्दछ र तौलन्छ । त्यस्तै दुरीको अन्तरमा उभिएको छ नेपालजित लामाको आत्मवृतान्त मन्थन । जसलाई घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको हो ।

नेपालजित लामा औसत बालक, स्थानीय दादागीरी, लागूपदार्थ दूव्र्यसनी, राजनीतिक कार्यकर्ताहुँदै त्यसैको पृष्ठभूमिमा निर्माण गरेको विशुद्ध छविको नेता र समाजसेवीको लोभलाग्दो हैसियतलाई मन्थनमा पाँचवटा मूलखण्डको विभिन्न उपशीर्षकमा राखेर वर्णन गरेका छन् । जीवन सोचे जस्तो हुँदैन नत देखे जस्तो नै हुन्छ । तर दृढ संकल्पका साथ अघि बढ्ने हो भने जीवन सोचेभन्दा सुन्दर र देखेभन्दा उत्कृष्ट बनाउन सकिन्छ । मन्थनले यही कुराको प्रक्षेपण गर्छ । मन्थनमा पूर्खालाई बेस्सरी सम्झेका छन् । पुर्खाको गुनगान गर्न कतै थाकेको देखिदैन । पूर्खासँगै समुदाय । समुदायसँगै टाँसिएर आएको विरासत भाषा, धर्म, कला र संस्कृतिलाई अनुभवजन्य दृष्टिकोणबाट व्याख्या गरेका छन् । इतिहासको पानामा हराएका पूर्खालाई जोड्न निकै कसरत गरेका छन् । आफू जन्मेको ठाउँ, टोल, वस्ती, फाँटसँग मन्थनमा हरबखत जोडेका छन् ।

विशुद्ध छविको नेता र समाजसेवीको लोभलाग्दो हैसियतलाई मन्थनमा पाँचवटा मूलखण्डको विभिन्न उपशीर्षकमा राखेर वर्णन गरेका छन् ।

रुपान्तरण परिवर्तनको स्वरुप हो । त्यो सकरात्मक हुनुपर्छ । नेपालजितका हकमा सबै परिवर्तनहरु सकरात्मक पनि रहेका छैनन् । त्यसैले त कथाहरु बुनिएका छन् । पहिलो प्रेम । प्रेमपछि बैवाहिक सम्बन्ध । सम्बन्धहरु अघि बढ्दै जाँदा सम्बन्धकै रुपमा नरहने पनि हुन्छन् । अंहमलाई प्रत्ययहरुले साथदिदा सम्बन्धहरु भत्किनका लागि बनेको तीतो यथार्थसँग साक्षात्कार भएको कुरालाई धेरै ठाउँमा उप्काएका छन् । बाजे र बुबाले निर्माण गरेको फराकिलो आँगनमा बामेसार्दै हुर्के बढेकाले वास्तविक भौतिक दुःखको भोगाइ खासै देखिदैन । जति दुःखहरु भोगेका छन् ती सबै समयका दुःखहरु हुन् । दरिलो आर्थिक हैसियत, घरेलु राजनैतिक पृष्ठभूमिको परिवेशमा हुर्केको राजनीतिक चेतले समाजप्रति उत्तरदायी बन्न प्रेरित गरेको देखिन्छ । अन्याय, अत्यचार, शोषण विरुद्ध कतै चुकेको देखिदैन । मानौ स्वाभिमानको लडाइँमा आजसम्म पनि डटिरहेका छन् । सिद्धान्त र नैतिकताको राजनीतिलाई छाडेर गुटबन्दी र आत्मकेन्द्रित स्वार्थको राजनीतिलाई कहिले समर्थन गरेन । त्यसैले पनि होला त्यो फोहोरी अहालमा नबसेर बरु बाहिरै अलग्गै रमाएका छन् । बुबा काँग्रेस छोरा कसरी प्रगतिशील विचारतर्फ उन्मुख भए त्यसको मन्थनमा त्यति खुलेको देखिदैन । राजनीतिक चेतले समाजप्रतिको चासोलाई बुझन सरल बनाएको देखिन्छ । झन प्रतिष्ठित नेताहरुसँगको हिमचिमले उर्जा र उत्साह दुवैले गति पाएको देखिन्छ । 

देशमा आएको २०४६ पछिको राजनीतिक परिवर्तनसँगै नयाँ परिवेशमा नेपालजितको उर्जाले सही धरातल भेटाउन पुग्छ । जीवनको महत्वपूर्ण उपलब्धी यही अवधिमा प्राप्त गरेको दखिन्छ । उर्जापूर्ण समयलाई स्थानीय विकास निर्माणमा लगाएर चारैतिर वाहीवाही बटुल्दै संगठनमा समेत हक्की र सफा छवि कायम गरेको देखिन्छ । कुनै समय जीवन देखि विरक्तिएका एनजित एकाएक समाज विकासको महत्वपूर्ण अग्रणि व्यक्तिको रुपमा दरिन पुग्छ । हामी समय र परिस्थितिको दास भएकोले कुनै ठाउँमा सम्झौता गर्नै पर्ने हुन्छ । त्यसो त सम्झौताले नै जीवनलाई अघि बढाउने हो । भयो त्यस्तै नै । एनजितले दोस्रो विवाह गरे । जीवनलाई फेरि हराभरा पारे । धेरै ठाउँमा आफ्नै अघि आफ्नै गुनगानले गौरवम्वित भएको घटनाले उत्साहित भएको देखिन्छ । जीवनमा प्रया घटना, परिघटना र दूर्घटना आकस्मिक रुपमा हुने गर्छ । त्यो आकस्मितामा संयोग पनि जुर्न पुग्छ । त्यस्ता संयोगका धेरै फेरस्तिलाई आत्मवृतान्तमा जोडेका छन् । जसले पाठकलाई उद्धवेलित बनाउँछ । अनि पाठकले पनि आफ्नो जीवनका त्यस्ता संयोगलाई त्यही संयोगको चेपमा स्मरण गर्न सहयोग पु¥याउँछ ।

भनिन्छ, राजनीतिमा कोही पनि स्यायी शत्रु हुँदैन । गुट र फूटबाटै राजनीतिले पूर्णता पाउँदछ । सिद्धान्तको म्यानुपुलेटिङ अथवा आफू अनुकूल व्याख्याले राजनीतिलाई फोहोरी खेल पनि भनिन्छ । त्यसको असली मन्चन भनौ अभ्यास हाम्रै देशमा भइरहेको छ । त्यसको साक्षी हामी सबै हौं । तर स्वाभिमान र नैतिकताको राजनीति गर्नेहरु त्यो खेलमा अटेनन् । समाजलाई जितेर पनि नेपालजित जस्ता स्पष्ट र निर्भीक अभियन्ता धेरै पटक धरै ठाउँहरुमा हारिरहे । नेपाली राजनीतिको यही नयाँ चरित्रले धेरै रहर लाग्दा आशा गरेका राजनीतिकर्मीहरुको अवसान भएको सत्य हो । गुट र उपगुटको चेपबाट आफूलाई भिन्न देखाउन नसक्नु नेपालजितहरु पनि कम्ता दोषी छैनन् । एक्लैले के गर्न सकिन्छ ? भन्ने निराशावादी चिन्तनबाट माथि उठेर एक्लैले के गर्न सक्दैन ? भन्ने दर्शनलाई अघि बढाउन चुकेको स्पष्ट देखिन्छ । सबैले जीवनमा मानसम्मान र ख्याति त्यति सजिलै हाँसिल गर्न सक्दैन । हाँसिल गरेको ख्यातिलाई कायम गर्न झनै गा¥हो काम हो । जीवनको झनै उर्वर समयलाई एनजितले उपभोग गर्न सकेको देखिदैन । निराशाको पुलिन्दा बोकेर भौतारिरहेको देखिन्छ । सायद निष्क्रियतामा सक्रियता देखाउन होला । यसैको एउटा उपज मन्थन पनि हो जस्तो लाग्छ । झन अब नो पोलटिक्सले एनजितबाट अघिको राजनीतिमा आशा गर्ने ठाउँ साँघुरो देखिन्छ । 

कसैले जीउने जीवन उनका निजी हुन् । निजी जीवनलाई सार्वजनिक गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको छ । त्यसमा पनि नाम र दामले समाजमा कहलिएका व्यक्ति विशेष यसमा बढी अग्रसर देखिन्छ । कतिपया आत्मकथाहरु विवाद र चर्चाको घेरामा नरहेको होइन । यद्यपि ती भोगाइ र व्यक्त भएका विचारहरु वैयत्तिक हुन् । त्यसमा कतिको सत्यता छ त्यसको साक्षी पनि स्वयं हुने हुँदा समीक्षाको आधारहरु नरहन सक्दछ । आत्मकथामा आफूलाई केन्द्रमा राखेर घटनाहरु अघि सार्ने हुँदा कमजोर पक्षहरुलाई कतिपयाले न्याय गर्न सक्दैन । यो आत्मकथाको दोष हो । मन्थनमा पनि कमजोर पक्षको चर्चा नभएकोले दोषमुक्त रहन सकेको छैन ।

हरेक जीवनमा आफ्नै भोगाइका कथाहरु हुन्छन् । भोगाइले जीवनलाई हेर्ने र बुझ्ने स्पष्ट दृष्टिकोण बनाउँछ । हरेक सफल व्यक्तिहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नै सफल भएका छन् । ती व्यक्तिहरुलाई समाज, समुदाय र पूर्खाले सधैँ स्मरण गरिरहन्छ । एनजित लामाको मन्थनमा त्यही कुराको राप देखिन्छ । मन्थनमा गरिएका सिलसिलबद्ध वाक्यहरुले समाजलाई प्रेरित गर्ने थुप्रै अवसरहरु सिर्जना गरेका छन् । मन्थन भित्र समाज छ । समुदाय छ । समुदायभित्र गाँसेको संस्कार छ । इतिहास छ । असन्तुष्टि छ । कतै पश्चाताप, आत्मगौरव र ग्लानि पनि छ । सबैभन्दा ठूलो साहास र हिम्मात छ । एउटा जीवनको कालखण्डको घटना र दूर्घटनासँग अघि बढ्दाको बेग्रल्ती अनुभूतिको खात छ ।

प्रतिकृया दिनुहोस्

विप्लवको सत्तोसराप र सिकेसँग प्रचण्डको तुलनाभित्र लुकेका यथार्थ

img

नेपालको तराईभूमिलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र ...

हामी जुर्मुराउने बेला आयो, देश खतरामा जादैछ

img

म आगो सहन्छु अन्याय सहन्न  तृष्णा सहन्छु तिरस्कार सहन्न मेरो शिर उडाउ बरु त्यो ...

तामाङ संज्ञानमा ‘म्हेनिङ’

img

कुनै पनि जाति विशेषसँग सम्बन्धित चाडपर्व सम्बन्धित जातिको पूर्खाले हस्तान्तरण गरेको विरासत ...

घेदुङको ६३ बर्ष: एक समीक्षा

img

तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ ६३ औं बर्षमा प्रवेश गरेको ...

चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनः एक समिक्षा

img

भर्खरै अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलन मिरिकमा सम्पन्न भएको छ । सम्मेलनमा ...

२००७ सालकाे क्रान्तिमा जीवन आहुती दिनेहरुको हिसाब भएन

img

म अहिले ८८ वर्ष पुगेँ । अस्ताउन लागेको, डाँडामाथिको घाम । नेपालगंज ...

पत्रपत्रिका

सबै