महिला फुटबल कपको उपाधि ताप्लेजुङलाई

| धनकुटा

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको १ नम्बर प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि ताप्लेजुङले हात पारेको छ ।

शुक्रबार भएको फाइनल खेलमा ताप्लेजुङले मोरङलाई ०–१ गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । प्रदेशका १४ जिल्लाले भाग लिएका प्रतियोगितामा मोरङ उपविजेता बनेका छन् । तेस्रो स्थान झापा भए ।

प्रतियोगिताबाट आठौ राष्ट्रिय खेलकुदका लागि महिला फुटबलर १८ जना खेलाडीहरू छनोट गरिएको छ । 

प्रतियोगिताका विजयी खेलाडीहरु,रेफ्रीहरू र सहयोगी संघसंस्था तथा व्यक्तिहरुलाई धनकुटाका मेयर चिन्तन तामाङ, प्रदेश १ का खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, जिल्ला अध्यक्ष भोगेन्द्र थापा, धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द्र राई लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

समारोहमा पूर्व सांसद गोपाल गुरागाई, बरख गणका गणपति कर्णेल युवराज केसी ,सशस्त्र प्रहरी बल ६ नम्वर गुल्मका गुल्मपति डिएसपी बालकृष्ण श्रेष्ठ, पूर्व क्याम्पस प्रमुख निरञ्जन बस्ती, नेकपा धनकुटका प्रतिनिधि नैन विश्वकर्मा, नेपाली कांग्रेस धनकुटका सचिव विजयसन्तोषी राई, संघीय समाजवादी फोरम नेपाल धनकुटका दिल कुमार राई उपस्थित रहेका थिए ।

त्यसैगरी धनकुटा–१,का वडाध्यक्ष निरेन तामाङ, ३ नम्बरका वडाध्यक्ष विकास घिमिरे, ५ नम्बरका वडाध्यक्ष धनकुमार राई, ६ नम्बरका वडाध्यक्ष नरेश श्रेष्ठ, ७ नम्बरका वडासदस्य सन्देश राई, यूवा परिषद धनकुटका अध्यक्ष अर्जुन छारा, अभिभावक संघका उपाध्यक्ष तथा धनकुटा प्रादेशिक राजधानी निर्माण अभियान परिचालन समितिका संयोजक सुन्दरवाबु श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तितुङ, निवर्तमान अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ, उद्यमी विष्णु माया कन्दङ्वा, ताप्लेजुङ फुटबल संघका अध्यक्ष बालकुमार सावा, धनकुटा फुटबल संघका पूर्वाध्यक्ष अशोक भगत श्रेष्ठ, शम्भु, म्याच कमिसार आशिष राई, सरिन राई, रुपेश श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष मनोज राई, प्रमुख नविन प्रधान, पत्रकार महासंघका १ नं. प्रदेशका उपाध्यक्ष स्मिता निरौला, धनकुटका सचिव विदुर खवास, सदस्य विकास घिमिरे, फोनिजका अध्यक्ष सन्तवीर लामा लगायतको उपस्थिति रहेका थिए ।

प्रतिकृया दिनुहोस्

दुप्चेश्वर कप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता सुरु 

img

दुप्चेश्वर गाउँपालिकाको आयोजना र सोसियल सर्भिस युथ  कल्व समुन्द्रटारको सह–आयोजनामा बुधबारबाट दोस्रो ...

मुख्यमन्त्री कपः सुदुरपश्चिम बने च्याम्पियन

img

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा सुदुरपश्चिम प्रदेश च्याम्पियन भएको छ । ...

प्रदेश एकका जुडो खेलाडी छनोट

img

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट ८ पुरुष र १० महिला ...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

img

दोलखामा गाउँपालिका माध्यामिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ ...

अवार्डमा पछि परे पारस खड्का

img

वर्ष क्रिकेटरको अवार्डमा कप्तान पारसलाई क्रिकेटर सन्दीप लामिछानेले उछिनेका छन् । क्रिकेट खेलाडी ...

एन्फाको नयाँ लोगो

img

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ लोगो र राष्ट्रिय टिमले प्रयोग ...

पत्रपत्रिका

सबै