शैलुङ राष्ट्रपति रनिङ सिल्ड शुक्रबारबाट

| दोलखा,शैैलुङ
तस्बिर : गाउँपालिका अध्यक्ष

दोलखामा स्थगित भएको गाउँपालिका माध्यामिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

फागुन १६ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन र भारी हिमपात भएपछि स्थगित भएको थियो ।

शैलुङ गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता दुर्गा उच्च माविको खेलमैदानमा आजबाट १९ गतेसम्म चल्नेछ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटना भएर निधन भएका पर्यटन मन्त्री रबिन्द्र अधिकारीसहित सात जनाको श्रद्धाञ्जली कार्यक्रम गर्दै उद्घाटन गरेको छ । 

प्रतियोगितामा भलिबल, एथलेटिक्स, हाइजम्प, लङजम्प, ज्याबलिङथ्रो र सर्ट फुट लगायतका खेल हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश विश्वकर्मा(सुनार)ले जानकारी दिए ।

प्रतियोगितामा कल्लाबारी, नवीन, कालिभुमे, दुर्गा, विरेन्द्र, मागपौवा, कालिका, साँगुते र शारदा मावि गरी ९ विद्यालयका खेलाडीले प्रतिस्पर्धा गर्ने गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताए ।

प्रतिकृया दिनुहोस्

उपराष्ट्रपति गेम्सका लागि खेलाडी छनोट

img

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपति ...

शनि सेमिफाइलनमा

img

नेपाल आर्मीका शनिसिंह सुनार राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा ...

जुनियर कराते सुरु  

img

  नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय जुनियर ...

खेलकुद सम्पन्न

img

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता ...

देशभरका खेलाडीहरुको सहभागितामा नुवाकोटमा पहिलोपटक खुल्ला चेस प्रतियोगिता

img

नुवाकोटमा पहिलोपटक ‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ आयोजना गरिएको ...

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथन

img

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथनको तयारी पूरा भएको छ । हेलम्बु ट्रेल ...

पत्रपत्रिका

सबै