देशभर हिमपात (फोटोफिचर)

| काठमाडाैं
तस्विर : फेसबुकबाट

बिहीबार बिहानैदेखि देशभर हिमपात भएको छ । काठमाडौं उपत्यकालगायत देशका उच्च हिमाली भेगमा हिमपात भएको हो । 

काठमाडौं उपत्यका वरिपरिका डाँडाहरु सेताम्मे भएका छन् । शंखरापुर नगरपालिकास्थित बज्रयोगिनीको शिरमा पर्ने मणिच्युड डाँडामा १२ वर्षपछि हिउँ परेको स्थानीय रक्षबहादुर ग्लानले जानकारी दिए । उनका अनुसार ३ फिट अग्लो हिउँ परेको छ । पर्यटकीय स्थल मणिच्युड डाँडाबाट काठमाडौंलाई नियाल्न सकिन्छ । प्रत्येक वर्ष पर्यटन महोत्सव पनि गरिदै आएको छ ।

कालिञ्चोक, शैलुङ, मुडे, मनाङ, मुस्ताङ, नागार्जुन, फुल्चोकी, शिवपुरी, ककनी, नगरकोट लगायतका स्थानमा हिउँ परेका छन् । हिउँ परेसँगै किसानहरु खुशी छन् भने जनजीवन कष्टकर बनेको छ । 

केही दिनयता पश्चिमी वायुको प्रभावले देशभरको मौसम प्रभावित भएको छ । शनिबार राति भित्रिएको पश्चिमी वायुका कारण देशभर मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

फेसबुक होली (फोटोफिचर)

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । आफन्तजन, छरछिमेक, साथीभाई लगायत मिलेर ...

हारु डायरी

img

जाडो मौसम अन्त्य संगै अब फुलहरुको राजा अर्थात साकुराको सिजन आउँदै छ ...

मकवानपुरगढी दरबार (फोटोफिचर)

img

मकवानपुरगढी दरबार हैटौंडादेखि १६ कि.मि. पूर्व कान्तिपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मि. ...

मन्त्री अधिकारीसहित सबैलाई श्रदाञ्जली (फोटोफिचर)

img

हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव श्रदाञ्जलीका ...

टुडिखेलमा साेनाम ल्होछार (फोटोफिचर)

img

२८५५ फाग् ल्हो, (सुंगुर वर्ष) को अवसरमा काठमाडौंस्थित टुँडिखेलमा ल्होछार सम्पन्न भएको ...

दोलखामा हिमपातले जनजीवन प्रभावित (फोटोफिचर)

img

देशैभर मौसमी बदलीसँगै विभिन्न स्थानमा हिमपात भएको छ । रातभरको पानीले काठमाडौंको ...

पत्रपत्रिका

सबै