रंगीनमय बन्दै गाउँ

| लमजुङ

भूकम्पपछि पुननिर्माणका अधिकांश घरमा जस्तापाता हालेपछि ग्रामीण भेग रङ्गिएका छन् । 

झट्ट हेर्दा ग्रामीण बस्तीको मुहार फेरिएको देखिए पनि स्थानीय बासिन्दाको आर्थिक अवस्था भने उस्तै रहेको छ । पहिला हुनेखानेका घर मात्र जस्ताका हुन्थे । दुधपोखरी गाउँपालिका-२ का वडाध्यक्ष गोविन्द दवाडीले भने- ‘अहिले सबैको घरमा जस्तापाताको प्रयोग गरेका छन् । भूकम्पपछि त गाउँ नै जस्तामय भएका छन् ।’ 

प्राविधिकले पनि ढुङ्गा र टायलको छाना हाल्दा घर पास नगर्ने भएकाले अधिकांशको रोजाइ रङ्गीन जस्तापाता बनेको विचौरका रामहरी न्यौपाने बताउँछन् । हलुका निर्माण सामग्री प्रयोग गर्दा भूकम्पबाट सुरक्षित हुने प्राविधिक सल्लाह अनुसार लमजुङका हजारभन्दा बढी घरमा जस्तापाताको प्रयोग भएको हो । 

राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट अनुदान पाउने लाभग्राहीले बनाएको घर भनेकै रङ्गीन जस्तापाता जस्तो भएको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बताए । पाण्डेका अनुसार लमजुङमा शतप्रतिशत लाभग्राहीले रङ्गीन जस्तापाताले नै घर छाएका छन् । 

साविकको विचौर, दुधपोखरी, इलामपोखरी र कोल्कीमा पुननिर्माण भएका करिब ४ सय ५० घरमा निला जस्तापाताको छाना हालिएको छ । पुननिर्माणका बेला ध्यान दिएर घर बनाएकाले गाउँ नै नमुना बस्ती झैँ देखिएको दुधपोखरी गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङ बताउँछिन् । भूकम्पपछि गाउँमा सबैले एकैथरीका घर बनाएका छन् । अधिकांशका दुईकोठे घर छन् । दुईकोठे अनि एकतले घर उस्तै देखिन्छन् । 

जस्तापाताको छाना लगाउँदा घर हलुका हुने मात्र नभई काठको प्रयोगमा कमी र ज्यालामा बचत हुनेगरेको कोल्कीका स्थानीय धनबहादुर गुरुङले बताए । गाउँमा रङ्गीनमा पनि निलो र रातो जस्तापाताको प्रयोग व्यापक मात्रामा छ । पहिले नै प्रयोगमा रहेको सादा जस्तापाता प्रयोग गर्ने भने नगण्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

गरे के हुदैन ? घलेलाई विदेश यही

img

अत्याधिक पर्यटकको आगमनसँगै धुञ्चेमा होटल व्यवसायहरू फस्टाएका छन् । हिजोआज सामान्य होटल ...

पत्रपत्रिका

सबै