मातृभाषा दिवस सम्पन्न

| काठमाडाैं
everesttime

२० औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पन्न भएको छ । विहीबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय मातृभाषा कविता महोत्सव–२०१९ मा ३२ भाषाका ३६ वटा कविता वाचन गरेका थिए ।

महोत्सवमा, ङ्हेमा थाङ्पाल तामाङ, आङ्दावा शेर्पा, शिखर थामी, सपना श्रीवास्तव, राकेश बीएम चिन्तन, कुमारी शरणा उराँव, रमा कुमाल, समीप कुलुङ, हेमन्त केवरत, स्मृति अधिकारी, छम गुरुङ, गणेशकुमार घले, टहल जिरेल, टंकबहादुर आलेमगर र मेक रानामगर लगायतले कविता सुनाएका थिए ।

प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो भाषा छोडेर अरूको भाषा सिक्न तत्पर भइरहेका छौँ । यसलाई सुधार्नुपर्छ,’ । आफ्नै मातृभाषालाई प्राथमिकता दिएर लेख्न र बोल्न सक्नुपर्छ, उपराष्ट्रपति पुनले थपे । 

यसै अवसरमा आदिवासी जनजाति उत्थान प्रतिष्ठानले तामाङ लोकसाहित्यमा मातृभाषाको महत्व, संंविधानमा मातृभाषाको व्यवस्था र प्रयोग विषयक गोष्ठी गर्यो । 

नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र युनेस्कोले “मातृभाषा र मातृभाषा साहित्य सम्बन्धी विचार गोष्ठी” र “मातृभाषामा शिक्षा विकासको बाटो” को बारेमा छलफल गर्याे । साथै सरकारी कामकाजको भाषा र मातृभाषा साहित्य सिर्जनामा महिला हस्ताक्षर माथि विमर्श गरियो ।

प्रतिकृया दिनुहोस्

विद्यालयमा शेर्पा भाषा 

img

खिजिकाती–९ स्थित छेर्मादिङ पात्लको शिवालय माविमा शेर्पा भाषाको शिक्षण शुरु गरेको छ ...

तामाङ डाजाङ १८ बर्षमा

img

तामाङ डाजाङ १८ बर्षमा प्रवेश गरेको छ । २०५८ माघ पहिलो हप्ता ...

छ्योइफेलिङ गोन्पामा प्राणप्रतिष्ठा सम्पन्न

img

छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) र छेवाङ पुजा सम्पन्न भएको छ ...

जनजाती महासंघमा युगेल शेर्पा

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्षमा युगेल तेन्ढुप शेर्पा चयन भएको छ ...

मातृभाषाबारे गोष्ठी

img

अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा वर्ष २०१९ को सन्दर्भमा राजधानीमा कार्यक्रम आयोजना भएको छ ...

घेदुङले गरे समीक्षा

img

संघीय सरकारले सबैको अपनत्व हुने गरी ल्होछारको सार्वजनिक विदा दिने पहलकदमीमा लागेको ...

पत्रपत्रिका

सबै