घेदुङको वडा कमिटी गठन

| सर्लाही

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १५ मा नेपाल तामाङ घेदुङको वडा कमिटी गठन गरेको छ।

तामाङ समुदायको धर्म, भाषा, संस्कार संस्कृति र रीतिरिवाजको संरक्षण तथा विकासको निम्ति के कसरी अगाडि जाने भन्ने विषयमा केन्द्रित रहेर कमिटी गठन गरेको हो । 

श्रीमैत्री शान्ति बौद्ध स्तुपाको प्राङ्गणमा नेपाल तामाङ घेदुङ लालबन्दी नगर कमिटीको अध्यक्ष बुद्ध थिङको अध्यक्षता र जिल्ला घेदुङको अध्यक्ष हिराकाजी योञ्जनको प्रमुख आतिथ्यतामा भेला बसी कमिटी गठन गरिएको हो। 

शुपलाल स्याङतानको अध्यक्षमा ११ सदस्यीय वडा कमिटी गठन गरेको हो। उपाध्यक्षमा शेर बहादुर योञ्जन, सचिवमा जीवन ग्लान, कोषाध्यक्षमा जुना ब्लोन र अन्य सदस्यहरू रहेका छन् । 

भेलामा अतिथिहरू जिल्ला घेदुङका सदस्य इन्द्र बल, समाजसेवी चन्द्र वाईबा, शुभलाल बोम्जन, बम बहादुर बम्जन, नगर घेदुङका उपाध्यक्ष जिरीमाया थिङ, नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटीका सचिव राजु लो तामाङ र स्थानीय लगायतको उपस्थिति रहेका थिए ।

प्रतिकृया दिनुहोस्

विद्यालयमा शेर्पा भाषा 

img

खिजिकाती–९ स्थित छेर्मादिङ पात्लको शिवालय माविमा शेर्पा भाषाको शिक्षण शुरु गरेको छ ...

तामाङ डाजाङ १८ बर्षमा

img

तामाङ डाजाङ १८ बर्षमा प्रवेश गरेको छ । २०५८ माघ पहिलो हप्ता ...

छ्योइफेलिङ गोन्पामा प्राणप्रतिष्ठा सम्पन्न

img

छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) र छेवाङ पुजा सम्पन्न भएको छ ...

जनजाती महासंघमा युगेल शेर्पा

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्षमा युगेल तेन्ढुप शेर्पा चयन भएको छ ...

मातृभाषाबारे गोष्ठी

img

अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा वर्ष २०१९ को सन्दर्भमा राजधानीमा कार्यक्रम आयोजना भएको छ ...

घेदुङले गरे समीक्षा

img

संघीय सरकारले सबैको अपनत्व हुने गरी ल्होछारको सार्वजनिक विदा दिने पहलकदमीमा लागेको ...

पत्रपत्रिका

सबै