महिला भल्मन्सालाई चूनौति र अवसर

| ​​​​​​​धनगढी

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो । उनलाई भल्मन्साको रुपमा काम गर्न पुरुष भल्मन्सा जति सजिलो छैन । तरपनि उनी गाउँको विकास निर्माण र शान्ति सुरक्षाका लागि तत्परताका साथ सक्रिय छिन् ।

महिला भएकाले उनलाई गाउँको समस्याहरुलाई समाधान गर्न शुरुशुरुमा निकै चुनौति थियो । घर परिवार पनि सम्हाल्नुपर्ने र घरायसी काम गर्नुपर्ने भएकोले समाजलाई समय दिन नसकेको महसुस हुने गरेको सीताले बताइन् । ‘म महिला भएको हुनाले पुरुषहरुले मेरो कुरा काट्छन्,’ उनले थपिन्– ‘मैले जति राम्रो काम गरेपनि केही पुरुषहरुले विश्वास गर्दैनन् । महिलालाई भल्मन्सा बनाइसकेपछि मान्नुपर्छ भन्ने मान्यता सामान्यतया भएपनि केहीले नमाने जस्तो गर्छन् ।’

तरपनि श्रीमान् र गाउँका महिलाहरुको सहयोगले गर्दा काम गर्न सजिलो भएको उनले बताइन् । महिला भल्मन्सा भएपछि जोनापुरका महिलाहरुले सामाजिक काममा भाग लिने गरेका छन् । गाउँको काममा ९० प्रतिशत महिलाहरुको उपस्थिति हुने गरेको छ, उनले बताइन् ।

जोनापुरको भल्मन्सा भएपछि सीतालाई अवसर पनि खुल्यो । उनले २०७४ को स्थानीय निर्वाचनमा वडा सदस्यको उम्मेदवार भएर जितिन् । अहिले उनको काँधमा भल्मन्सादेखि वडासदस्यको जिम्मेवारी पनि थपिएको छ ।

‘म महिला भएको हुनाले पुरुषहरुले मेरो कुरा काट्छन्,’ ।

महिला भल्मन्सा भएपछि महिलाहरुले आफ्नो पीडा सुन्ने मान्छे पाएका छन् । गाउँमा श्रीमान् श्रीमतीको झगडादेखि लैंगिक हिंसाका घटनाहरु मिलाउन गाउँका महिला र वडा कार्यालयको मेलमिलापकर्ताहरुले उनलाई सघाउँछन् । ‘गाउँमा हुने धेरै घटनाहरु गाउँमै टुंग्याउन सफल भएको छु,’ सीताले आफ्नो सफलता सुनाइन्, ‘गम्भीर प्रकृतिका घटनाहरु प्रहरी जान सिफारिस गर्छु । तर त्यस्ता घटना नगन्य मात्रामा हुन्छन् । धेरै जसो श्रीमान् श्रीमतीको झगडा, छिमेकीबीचको मनमुटाव लगायतका घटनाहरु गाउँमै मिलाउने गरेको छु ।’

भल्मन्साको हैसियतले गाउँमा कृषि, कुलो, शिक्षा, स्वास्थ्य लगायतको विकासमा काम गर्दै आएकी सीताले वडा सदस्य भएपछि सडक, नहर, पुल लगायतका विकासको काममा सक्रिय हुन थालेकी छिन् ।

पछिल्लो समयमा कैलालीमा महिला र युवाहरु पनि भल्मन्सा बन्ने प्रचलन शुरु भएको छ । खास गरेर थारु समुदायमा पाको पुरुषले मात्रै भल्मन्सा बन्ने चलन छ । महिला र युवाहरु भल्मन्सा हुन थालेपछि उनीहरुले आफ्नो भूमिकालाई गाउँमा हुने कृषि र सांस्कृतिक गतिविधिमा मात्रै सीमित छैन । उनीहरुले स्थानीय तहसँग समन्वय गर्ने, पूर्वाधार तथा सामाजिक विकास क्षेत्रमा समेत काम गर्न थालेका छन् । कैलालीको कैलारी, जोशीपुर, भजनी लगायतका स्थानीय तहका केही गाउँमा महिला भल्मन्सा भएका छन् ।  

प्रतिकृया दिनुहोस्

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

रंगीनमय बन्दै गाउँ

img

भूकम्पपछि पुननिर्माणका अधिकांश घरमा जस्तापाता हालेपछि ग्रामीण भेग रङ्गिएका छन् ।  झट्ट हेर्दा ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

गरे के हुदैन ? घलेलाई विदेश यही

img

अत्याधिक पर्यटकको आगमनसँगै धुञ्चेमा होटल व्यवसायहरू फस्टाएका छन् । हिजोआज सामान्य होटल ...

पत्रपत्रिका

सबै