सउल नेपाल गुम्बाले मनाए ग्याल्पो ल्होसार

| दक्षिण कोरिया

सउल नेपाल गुम्बा दक्षिण कोरियाले गत वर्ष झै यो बर्ष पनि २१४६ औं ग्याल्पो ल्होसारमा ल्होसार ल्हाब्सोल कार्यक्रम गरी मनाएको छ । आइतबार गु र्‍याङ्सा गुम्बामा बिहान पूजापाठ र दिउँसो औपचारिक कार्यक्रमको साथमा सांस्कृतिक कार्यक्रम गरी मनाएको हो ।

कार्यक्रममा कोरियन बौद्ध धर्म जोग्ये ओडर गुर्योङ्सा टेम्पल प्रमुख लामा जोङ उ सुनिम प्रमुख अतिथि थियो । कार्यक्रममा अन्य अतिथिहरु एनआरएनए अध्यक्ष लक्ष्मी लामा, एनसीसी अध्यक्ष अन्जु केसी, नेपाल आदिवासी जनजाति महासंघ कोरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकाली, नेपाल तामाङ संघ कोरियाका अध्यक्ष मेघप्रसाद वाइबा तामाङ, ओमन फर ओमनका अध्यक्ष पद्मा श्रेष्ठ, प्रदेश ३ एकता समाजका अध्यक्ष किशोर ब्लोनलगायतका उपस्थिति थियो ।

कार्यक्रममा मनिराज तामाङ, कला ग्लानले नृत्य र सोनाम दोङ्बा ह्योल्मोले गायन प्रस्तुति राखेको थियो । कार्यक्रमको अन्त्यमा डम्फूरे गीतमा डम्फू बजाउँदै नाचेका थिए । कार्यक्रमको संयोजक सउल नेपाल गुम्बाका प्रमुख लामा थियो भने सभापतित्व सउल नेपाल गुम्बा ब्यबस्थापन समितिका अध्यक्ष दूध लामा लोप्चनले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नेपाल मिस साईप्रसको उपाधि राणालाई

img

तेस्रो मिस नेपाल साईप्रसको उपाधि श्रुती राणाले हात पारेकी छिन् । राणाले ...

युएईमा ग्याल्पो ल्होसारको तयारी अन्तिम चरण

img

शेर्पा किदुग युएईको ल्होसार साँझ–२०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । ...

तामाङ प्रवासी युवा मञ्च गठन

img

नेपाल प्रवासी तामाङ युवा मञ्च मलेसिया गठन भएको छ । आइतबार मलेसियाको ...

कलाकारहरू सम्मानित

img

नेपाल प्रवासी तामाङ समाज कतारद्वारा कलाकारहरुलाई सम्मान गरेको छ । हिमालय अन्तर्राष्ट्रिय ...

टोकियोमा सोनाम ल्होछार सम्पन्न

img

तामाङहरुको ल्होछार (नयाँ वर्ष) २८५५ औं फाग ल्हो (सुंगुर वर्ष) यसवर्ष पनि ...

अष्ट्रेलियामा ल्होछार सम्पन्न

img

तामाङ सोसाइटी अफ एनएसडब्लूले सांस्कृतिक कार्यक्रमगरी सोनाम ल्होछार मनाइएको छ । सोसाइटीले अस्ट्रेलियाको ...

पत्रपत्रिका

सबै