चलचित्र प्राङनाकाे विशेष प्रदर्शन

| काठमाडाैं

तामाङ कथानक चलचित्र प्राङनाकाे आइतबार अस्टनारायण हल बालाजुमा विशेष प्रदर्शनी भएकाे छ । 

पूर्व गृहमन्त्री बुद्दिमान तामाङ, पूर्व संस्कृति पर्यटन तथा नागरिक उद्द्यान राज्य मन्त्री परशुराम तामाङ, आदिबासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर लगायतको उपस्थितमा चलचित्र प्रदर्शन भएकाे थियाे ।

पश्चिमी तामाङकाे सामाजिक परिवेशलाइ उठाएकाे जानकारी दिदै चलचित्र सन्देश मूलक रहेकाे पूर्व गृहमन्त्री तामाङले बताए । 

चलचित्र संघका अध्यक्षले समग्रमा राम्राे रहेकाे बताउदै नुवाकोट, धादिङ लाङटाङदेखि गणेश हिमाल आसपासमा कैद गरिएका प्राकृतिक दृश्यहरू लाेभलाग्दाे रहेकाे बताए । 

जम्बुलिङ् फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रमा राजकिङ वाईबा, लिला थिङ तामाङ, जोङबा कान्छा तामाङ, लेखक बिगेन्द्रसिंह वाइबा, बनु लोप्चन, सोनी वाइबा, बुद्धिमान तामाङ, गोपाल घले, पुष्प वाइबा, बिना घले, विजय मम्बा, रेसा तामाङ लगायतले अभिनय गरेका छन् ।

धनको गरिबभन्दा पनि मनको गरिब के हो ? भन्ने विषयवस्तु उठान गरेको कलाकार तथा लेखक बिगेन्द्रसिंह वाइबाले बताए । 

चलचित्रलालाई आगामी फाल्गुन ३ र ४ गते धदिङ बेशी र फाल्गुन १० र ११ नुवाकोटमा प्रदर्शन गर्ने बिजय मम्बाले बताइन् ।

प्रतिकृया दिनुहोस्

दिदि-बहिनी कोरियामा देखाउने

img

शुभेच्छा फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र `दिदी-बहिनी´ कोरियामा बिशेष च्यारिटी शो गर्ने ...

जलजलाको भाग्य यस्तै (भिडियो)

img

गायिका जलजला परियारको नयाँ गीत ‘भाग्य यस्तै’ सार्वजनिक भएको छ । उनलाई ...

हलभरि महिमाको व्याइफ्रेण्ड

img

भोली फागुन १० बाट चलचित्र ब्वाईफ्रेण्ड देशभर एकसाथ प्रदर्शन हुने भएको छ ...

प्रङ्नाले दर्शकको मन जिते

img

तामाङ कथानक चलचित्र “प्रङ्ना” (गरीब) मंगलबार विशेष च्यारिटि शो सम्पन्न भएको छ । ...

मायाले बिगार्यो.... सार्वजनिक

img

सार्वजनिक भएको दिनबाटै अत्याधिका मन पराईको ‘मायाँले बिगार्यो बानी मेरो...’ गीतले अझै ...

पाँच उत्कृष्ट नाटक छनोट

img

प्रज्ञा लालाबाला दोस्रो एकल बालनाटक महोत्सवमा उत्कृष्ट ५ नाटक छनोट भएको छ ...

पत्रपत्रिका

सबै