सम्भाेटा लिपि तथा च्याेई प्रशिक्षण कार्यक्रम सम्पन्न

| काठमाडाैं

ज्यामयाङ महिला समूहले एक वर्षे सम्भाेटा लिपि र च्याेई प्रशिक्षण आइतबार समापन गरेकाे छ ।  नागार्जुन नगरपालिका सानाे भर्याङ्गमा आयाेजना गरेकाे कार्यक्रममा वडा अध्यक्ष थुम केसी, धर्मगुरू आचार्य सर्बजित गाेङ्बा तामाङ, रबिन्द्र तामाङ लगायतले सहभागिता जनाएका थिए । 

अध्यक्ष केसीले समूहकाे भवन निर्माणका लागि नगरपालिकाबाट रू २०, लाख रूपैयाँ सहयाेग गर्ने र नक्श डिजाइन सबै वडाबाट नै फ्रिमा गर्दिने बताएकाे छ । समाजमा राम्राे काम गर्न खाेज्ने महिलाहरूका लागि अझै अघि बढ्न सहज बनाउनका लागि अन्य सहयाेगहरू पनि गर्ने प्रतिबद्धता जनाएका थिए ।

समूहले बाैद्ध दर्शन, साहित्य, संस्कृति र परम्परा एवं लिपिकाे संरक्षण गर्न बाैद्ध धर्म र सम्भाेटा लिपि च्याेई प्रशिक्षण गरेकाे समूहका अध्यक्ष सबिना तामाङले बताइन् । समापन कार्यक्रममा समूहका लागि चार आना जग्ग दान गर्ने निमा लामा तामाङलाई सम्मान गरेका थिए । यसैगरी प्रशिक्षक गाेङ्बा, टासी फुन्जाेक लामा, नगेन्द्र गुरूङलाइ कदर पत्रद्धारा सम्मान गरेका थिए ।
कार्यक्रममा सृष्ट्रि बम्जनले स्वागत मन्तव्य राखेकी थिइन । उक्त कार्यक्रम इन्दु तामाङले संचालन गरेकी थिइन् भने कार्यक्रमकाे अध्यक्षता समूहका अध्यक्ष सबिना तामाङले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

पत्रकारलाई धम्की

img

मिशन बोर्डर अन्तरगत सिराहाका पत्रकारहरुले सीमाक्षेत्रमा भइरहेको अवैध मालसामान ओसारपसारबारे समाचार सम्प्रेषण गरेपछि लक्ष्मीपुरपतारी ...

रसुवाबासी चिन्तित

img

रसुवामा बाँदरले बालीनाली नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।  दक्षिणी रसुवाका ...

३ किलो चरेश सहित पक्राउ

img

धादिङवाट काठमाडौ आउदै गरेको वा २ ख २९४७ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले ३ ...

मदिरा बनाउने सामाग्री बरामद

img

काठमाडौं महानगरपालिका वडा नं. ६ स्थित नागेश्वर गल्लीबाट अवैध घरेलु मदिरा बनाउने ...

खैरो हिरोईन सहित एक पक्राउ

img

काठमाडौंं महानगरपालिका महाबौद्धबाट लागूऔषध खैरोहिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय ...

विद्यालय आँगनमै तर विद्यार्थी सदरमुकाम धाउदै

img

गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमली आधारभुत विद्यालय घरको आँगनमा भएपनि सदरमुकाम धाउन ...

पत्रपत्रिका

सबै