“सफलता एचआईभी शिक्षा सदन” कीर्तिपुर

| काठमाडौ

नेपाललाई वल्र्ड वुक्स अफ रेकर्ड,लण्डनमा “विश्वकै पहिलो पहिचान सहितको विद्यालय” शिर्षक अन्तर्गत सुचिकृत भएको छ ।

शिक्षावाट बञ्चित अबोध, निर्दोष एचआईभी संक्रमित बालबालिकाहरुले शिक्षा पाउने नैसर्गिक अधिकारलाई प्रत्याभूत दिलाउन विगत ९ वर्ष देखि बालबालिकाहरुलाई छात्रावासमा राखी स्वास्थ्य उपचार, लालनपालन, शिक्षा एवं मनोरञ्जन प्रदान गर्दै आइरहेको एक मात्र मुलुककै पहिलो पहिचान सहितको विद्यालयलाई “विश्वकै पहिलो पहिचान सहितको विद्यालय”मा सुचिकृत गरिएको प्रमाण पत्रलाई विद्यालयका संस्थापकद्धय राज कुमार पुन र श्रीमती उमा गुरुङ राईलाई श्री पञ्चमीका दिन प्रधानमन्त्री निवास बालुवाटारमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली,श्रीमती राधिका शाक्यको बाहुली एवम् वल्र्ड वुक्स अफ रेकर्ड, लण्डनका पदाधिकारीहरुको समुउपस्थितीमा हस्ताणतरण गरिएको छ ।

वल्र्ड वुक्स अफ रेकर्ड, लण्डन द्धारा सम्मानित भएको अवसरमा प्रधानमन्त्री वलीले सम्मानित हुने विद्यालयका संस्थापकद्धयलाई बधाई ज्ञापन गर्दै यस्ता अन्तर्राष्ट्रिय सम्मानले समाजसेवामा निस्वार्थ रुपमा लागेका सामाजिक अभियन्ताहरुलाई थप उर्जाशील बनी सेवा गर्न प्रेरणा मिल्ने बताए । सरकार एचआईभी संक्रमित बालबालिकाहरुको भविष्यप्रति गम्भिर रहदै सामाजिक चेतनास्तर अभिवृद्धि गराउने अभियान सशक्त ढंगले सञ्चालन गरिने बचनबद्धता व्यक्त गर्दै यस वल्र्ड वुक्स अफ रेकर्डस, लण्डन प्रति कृतज्ञता समेत व्यक्त गरे ।

बिरेन्द्र शर्मा (सांसद, वेलायत) डा. दिवाकर शुकुल (अध्यक्ष, वल्ड वुक्स अफ रेकर्ड, लण्डन), सन्तोष शुक्ला (अध्यक्ष, वल्ड वुक्स अफ रेकर्ड) सागर कटुवाल (अध्यक्ष,वल्ड वुक्स अफ रेकर्ड,नेपाल) लगायत नेपाल, भारत तथा लण्डनका विशिष्ट व्यक्तित्वहरुले बधाई ज्ञापन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

भूकम्पको धक्का, नौबिसे केन्द्र

img

काठमाडौं उपत्यकामा लगायतका स्थानमा बिहानै भूकम्पको धक्का महशुस भएको छ । भूकम्पको धक्का ...

रसुवामा सुन वरामद

img

  उत्तरी नाका रसुवागढी वाट लुकाई छिपाई अवैध रूपमा नेपाल भित्र्याएकाे सात केजी ...

साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

img

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम ...

प्रज्ञामा पुस्तक प्रदर्शनी  शुरू

img

नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु ...

भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव 

भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रविन परियारले साढे तीन लाख बराबरको मोबइल भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ...

बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क

img

काठमाडौको बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क वितरण गरेको छ । ...

पत्रपत्रिका

सबै