म्यागङमा पहिलोपटक ल्होछार भब्य

| नुवाकोट

म्यागङ गाउँपालिकामा तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार सम्पन्न भएको छ ।

आईतबार म्यागङ-३स्थित देउराली माध्यामिक विद्यालयको प्राङ्गणमा बृहत साँस्कृतिक कार्यक्रम गरी ल्होछार मनाइएको हो । कार्यक्रम मञ्जुश्री सम्वत २८५५ ड्वा-ल्हो सुंगुर वर्षको अवसर पारेर आयोजना गरेका हुन् ।

नेपाल तामाङ घेदुङ म्यागङ गाउँपालिकाको मुख्य आयोजना र युवा क्लब म्यागङले सह-आयोजना गरेको दुई दिने बृहत सोनाम ल्होछार कार्यक्रमलाई म्हेन्दोमाया कलाकारहरुले बेजोड प्रस्तुति दिएर सांगीतिक माहोल बनाएका थिए । कलाकारहरु रमला पाख्रिन,किर्ती तामाङ,जोङ्बा कान्छा तामाङ,बिना घले लोप्चन,मुना घले,निशा तामाङ,रबिन घले,फुलमाया तामाङ,सुस्मिता तामाङ,चित्र तामाङ,मीन तामाङ,शारदा तामाङ,लामा भाइ, निमा तामाङ,प्रीति तामाङ,चन्द्र तामाङ,सनेतदोर्जे तामाङ,सोभी तामाङ,बिरमान तामाङ,बिश्व पासा,लक्ष्मी स्याङ्तान, एन्जिला वाइबा,राजकिङ वाइबा लगायतको प्रस्तुतिले दर्शकहरु म्हेन्दोमाया नृत्यमा मस्त भएका थिए ।

कार्यक्रमको प्रमुख आतिथ्यता म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङले गरेका थिए भने विशेष अतिथिहरुमा म्यागङ उपाध्यक्ष शान्ती तामाङ गुरुङ तथा वडा अध्यक्षहरु रहेका थिए । अतिथिहरुमा वडा सदस्यहरु, विभिन्न स्कुलका प्रधानाध्यापक , अध्यक्ष र संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए ।

गाउँपालिका भित्रका ९ स्कुलबाट सहभागी भाइबहिनीहरुको साँस्कृतिक नृत्य प्रतियोगितामा सरस्वती मावि बुङताङले प्रथम स्थान हासिल गरेका हुन् । यसैगरी बिन्दुकेशर मावि सामारीले दोश्रो स्थान, सानो किम्ताङ मावि किम्ताङले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । विजेताहरुलाई नगद पुरस्कर सहित प्रमाणपत्र प्रदान गर्दै प्रमुखअतिथि पालिका अध्यक्ष आशा तामाङले हाम्रो मोलिकता जोगाउन स्थानीय सरकार सदैव लागिपर्ने बताए ।

यसैगरी उपाध्यक्ष तामाङले महिला पुरुष समान अधिकार सम्पन्न समुदाय भएकोले सबै लागिपरेमा मात्रै पहिचान जोगाउन सहज हुने बताइन् । पहिलो पटक भएको गाउँपालिका स्तरीय बृहत सोनाम ल्होछार कार्यक्रमको सभापतित्व आयोजक संस्था म्यागङ घेदुङ अध्यक्ष तथा कार्यक्रम संयोजक रुप बहादुर तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

राजधानी गोदावरीमा उपयुक्तः प्रधानमन्त्री ओली

img

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको राजधानी उपयूक्त ठाउँ तोकिएको बताएका  छन् । ...

गोसाइकुण्डको दिर्घकालीन लैङ्गिक निति

img

गोसाइकुण्ड गाउँपालिकाले दीर्घकालीन निति अनुरुप लैङ्गिक समानतालाई जोड दिई काम अगाडि बढाइरहेको ...

महासंघमा पोखरेल

img

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को सम्मेलन सम्पन्न भएको छ । मंगलबार ...

पाेखरामा ल्हाेछार सांस्कृतिक समाराेह सम्पन्न 

img

पाेखरामा ल्हाेछार सांस्कृतिक समाराेह सम्पन्न भएकाे छ । २८५५ फाग ल्हो को अवसरमा ...

संघीयता स्थापित गर्न सफल : प्रदेश सरकार

img

सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा संविधान कार्यान्वयन र संघीयता स्थापित गर्नमा सफल ...

पुर्वेली समाज चितवनले पुर्णता पायो

img

पुर्वेली समाज चितवनको सनिवार भरतपुरमा बसेको बैठकले कार्यसमतिलाई पुर्णता दिएको छ । ...

पत्रपत्रिका

सबै