रिगसुमको विश्व शान्ति पूजा हुने

| काठमाडौ

शैलुङ रिगसुम गोन्पो सेवा समाजको आयोजनामा स्हुङ संकलन तथा विश्व शान्ति पुजा हुने भएको छ ।

समाजले ऋद्धिप्रतिहार्य दिवस (छ्योठुल धुइछेन )को अवसर पारेर छ्योग्ले रिन्छेन ठ्रेङ्वा च्योई छ्योक तथा जिन्सेक पूजा गर्न लागिएको हो ।

काठमाडौको बौद्ध परिसरमा फाल्गुन ४ गतेदेखि ६ गतेसम्म हुने उक्त कार्यक्रममा स्हुङ संकलन समेत गर्ने आयोजकले जानकारी दिए । आयोजकका अनुसार कार्यक्रमबाट संकलन भएका स्हुङ दोलखा र रामेछापको संगम स्थल शैलुङमा निमार्णाधीन ५३ फिटे ज्याङछ्युव छ्योर्तेन (बोधिचैत्य)का लागि प्रयोग गर्ने भएका हुन् ।

टुल्कु लोसाङ नाम्ग्याल रिम्पोछेको सदिक्षा र संरक्षणमा रहेका उक्त छ्योर्तेन बुम्बासम्म निर्माणकार्य सम्पन्न भएको रिगसुमका महासचिव कृष्ण कुमार थोकरले बताए । थोकरले यथाशीघ्र स्हुङ राख्ने तयारीसमेत रहेकाले समाजले आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी भइ सहयोग गर्न अनुरोध गरेका छन् ।

विश्व शान्ति र समस्त जगत प्राणीहरुका हितका लागि हुन गइरहेको कार्यक्रममा सहभागी हुन सबैलाई रिगसुमका सदस्य सोनी मोक्तानले पनि आग्रह गरिन् । उक्त तीनदिने कार्यक्रम विहान ७:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म हुनेछ ।

प्रतिकृया दिनुहोस्

पत्रकारलाई धम्की

img

मिशन बोर्डर अन्तरगत सिराहाका पत्रकारहरुले सीमाक्षेत्रमा भइरहेको अवैध मालसामान ओसारपसारबारे समाचार सम्प्रेषण गरेपछि लक्ष्मीपुरपतारी ...

रसुवाबासी चिन्तित

img

रसुवामा बाँदरले बालीनाली नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।  दक्षिणी रसुवाका ...

३ किलो चरेश सहित पक्राउ

img

धादिङवाट काठमाडौ आउदै गरेको वा २ ख २९४७ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले ३ ...

मदिरा बनाउने सामाग्री बरामद

img

काठमाडौं महानगरपालिका वडा नं. ६ स्थित नागेश्वर गल्लीबाट अवैध घरेलु मदिरा बनाउने ...

खैरो हिरोईन सहित एक पक्राउ

img

काठमाडौंं महानगरपालिका महाबौद्धबाट लागूऔषध खैरोहिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय ...

विद्यालय आँगनमै तर विद्यार्थी सदरमुकाम धाउदै

img

गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमली आधारभुत विद्यालय घरको आँगनमा भएपनि सदरमुकाम धाउन ...

पत्रपत्रिका

सबै