प्रधानाध्यापकको कार्यकक्षमा ताल्चा

| पाँचथर

विद्यार्थीलाई कुटपिटगरी घाइते बनाउने फिदिम माविका प्रधानाध्यापक दुर्गाराज खत्रीको कार्यकक्षमा तीन विद्यार्थी संगठनले ताल्चा लगाएका छन् ।

कक्षा –९ मा अध्ययनरत विद्यार्थी रोहित राईलाई कुटपिट गरेको भन्दै आन्दोलन स्वरुप अनेरास्ववियू,अनेरास्ववियू क्रान्तिकारी र समाजवादी विद्यार्थी फोरम,नेपालले प्रधानाध्यापक खत्रीको कार्यकक्षमा ताल्चा लगाएका हुन् ।

संयुक्त रुपमा विज्ञप्ती निकाल्दै तीन विद्यार्थी संगठनले प्रशासनिक महत्वपूर्ण जिम्मेवारीमा रहेर गैर–जिम्मेवारपूर्ण तरिकाले विद्यार्थीहरुको वाल मनोविज्ञानमा गम्भिर असर पुग्नेगरी कुटपिट गरेर विद्यालय जस्तो पवित्र ठाउँलाई रणभूमी निर्माण गरी त्रासयुक्त वातवरण सिर्जना गरेको आरोप विद्यार्थी संगठनहरुको छ ।

विद्यार्थीमाथि भएको कुटपिटले विद्यार्थीको चेतना र मनोविज्ञानमा नराम्रो प्रभाव पर्छ । प्रधानाध्यापक खत्रीको नैतिकताको आधारमा शिक्षण पेशामा रहिरहन उचित नदेखिएको भन्दै विद्यार्थी संगठनहरुले खत्रीको राजीनामा समेत माग गरिएको छ ।

गत आइतबार सो विद्यालयका कक्षा– ९ का विद्यार्थी रोहित राईलाई बेन्च टुटफुट भएको विषयमा आफुले होइन भन्दा भन्दै कक्षामा र अफिसमा लगेर कुटपिट गरेका थिए ।कुटपिटपछि घाइते भएका विद्यार्थी राईलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापा लगिएको छ । राईको टाउकोमा असर परेको हुन सक्ने अस्पताल स्रोतले जनाएको छ ।

विज्ञप्ति:

प्रतिकृया दिनुहोस्

भूकम्पको धक्का, नौबिसे केन्द्र

img

काठमाडौं उपत्यकामा लगायतका स्थानमा बिहानै भूकम्पको धक्का महशुस भएको छ । भूकम्पको धक्का ...

रसुवामा सुन वरामद

img

  उत्तरी नाका रसुवागढी वाट लुकाई छिपाई अवैध रूपमा नेपाल भित्र्याएकाे सात केजी ...

साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

img

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम ...

प्रज्ञामा पुस्तक प्रदर्शनी  शुरू

img

नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु ...

भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव 

भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रविन परियारले साढे तीन लाख बराबरको मोबइल भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ...

बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क

img

काठमाडौको बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क वितरण गरेको छ । ...

पत्रपत्रिका

सबै