त्रिशुली ३ बिको शिलान्यास

| रसुवा

३७ मेगावटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजना २५ महिनाभित्र बिजुली उत्पादन हुनेगरी आइतबार शिलान्यास भएको छ ।

नेपाल विद्युत प्राधिकरण र नेपाल दुरसंचार कम्पनीको मुख्य लगानीमा नुवाकोट किस्पाङ ५ मा बन्न लागिएको हो । अनुमानित निर्माण लागत रु सात अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज रु ७८ करोड रहेको आयोजनामा ३० प्रतिशत इक्विटी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (पाँच अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । आयोजनामा नविल बैंकको अगुवाइमा गठन भएको सह–वित्तीयकरणमार्फत ऋण लगानी हुनेछ । प्रवद्र्धक कम्पनी र बैंकबीच २०७५ भदौ ४ मा ऋण सम्झौता भइसकेको छ ।आयोजनाबाट सुख्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद–बिक्रीका लागि प्राधिकरणसँग २०७५ भदौ ६ गते विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेको छ ।

आयोजना २०७७ फागुनमा सक्ने लक्ष्य लिइएको छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले आयोजना शिलान्यास गरेका हुन् । विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुने कम्पनीका प्रबन्ध–सञ्चालक मोहन गौतमले जानकारी दिए । आयोजनाको विद्युत् गृहबाट करीब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ बी हब सब–स्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा पठाइनेछ ।

नुवाकोट र रसुवाको सीमानामा बन्न लागिएको उक्त आयोजना इन्जिनियरिङ, खरिद तथा निर्माण मोडलमा बन्ने भएको हो । चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलोक्ट्रिक ईन्जिनियरिङसँग २०७४ माघ २९ गते ठेक्का सम्झौता भएको थियो ।

कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत शेयर रहने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनीले ३ हजार ८ सय मिटर सुरुङ खन्ने , विद्युतगृह , सर्जबैंक लगायतका संरचना निर्माण गरिने बताए ।

प्रतिकृया दिनुहोस्

पत्रकारलाई धम्की

img

मिशन बोर्डर अन्तरगत सिराहाका पत्रकारहरुले सीमाक्षेत्रमा भइरहेको अवैध मालसामान ओसारपसारबारे समाचार सम्प्रेषण गरेपछि लक्ष्मीपुरपतारी ...

रसुवाबासी चिन्तित

img

रसुवामा बाँदरले बालीनाली नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।  दक्षिणी रसुवाका ...

३ किलो चरेश सहित पक्राउ

img

धादिङवाट काठमाडौ आउदै गरेको वा २ ख २९४७ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले ३ ...

मदिरा बनाउने सामाग्री बरामद

img

काठमाडौं महानगरपालिका वडा नं. ६ स्थित नागेश्वर गल्लीबाट अवैध घरेलु मदिरा बनाउने ...

खैरो हिरोईन सहित एक पक्राउ

img

काठमाडौंं महानगरपालिका महाबौद्धबाट लागूऔषध खैरोहिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय ...

विद्यालय आँगनमै तर विद्यार्थी सदरमुकाम धाउदै

img

गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमली आधारभुत विद्यालय घरको आँगनमा भएपनि सदरमुकाम धाउन ...

पत्रपत्रिका

सबै