अध्यक्ष नेम्वाङको निधन

| पाँचथर

पाँचथर फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमकुमार नेम्बाङको निधन भएको छ ।

घुर्विसे पञ्चमीमा आयोजित एक कार्यक्रममा आफ्नो मन्तव्य दिएपछि आसनमा फर्किदै गर्दा मुर्छित भइ लडेका थिए ।

शनिबार आयोजित क्षमता विकास तालिमको समापन कार्यक्रममा आफ्नो मन्तव्य दिएपछि फर्केर कुर्सीमा बस्दै गर्दा लडेका उनलाई उपचारका लागि इलाममा अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । अध्यक्ष नेम्बाङ प्रेसरको बिरामी थियो ।

कुर्सीमा मुर्छा परे लगत्तै उनलाई प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि इलाम जिल्ला अस्पतालमा लगिएको थियो । इलाम अस्पताल मेडिकल सुपरिटेन्डेट पवनजंग रायमाझीले बताए अनुसार अस्पतालमा पुर्याउँदा नेम्बाङको मुटुको चाल र रक्तसञ्चार बन्द भइसकेको थियो ।

मुर्छित भए लगत्तै उनको निधन भइसकेको हुन सक्ने चिकित्सकको भनाइ छ । नेम्बाङ गतवर्षको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष बनेका थिए । उनी वि.सं. २०४९ र वि.सं.२०५४ मा पनि फाल्गुनन्दकै साविक पौवासारतापका गाविस अध्यक्ष थिए ।

प्रतिकृया दिनुहोस्

राजधानी गोदावरीमा उपयुक्तः प्रधानमन्त्री ओली

img

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको राजधानी उपयूक्त ठाउँ तोकिएको बताएका  छन् । ...

गोसाइकुण्डको दिर्घकालीन लैङ्गिक निति

img

गोसाइकुण्ड गाउँपालिकाले दीर्घकालीन निति अनुरुप लैङ्गिक समानतालाई जोड दिई काम अगाडि बढाइरहेको ...

महासंघमा पोखरेल

img

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को सम्मेलन सम्पन्न भएको छ । मंगलबार ...

पाेखरामा ल्हाेछार सांस्कृतिक समाराेह सम्पन्न 

img

पाेखरामा ल्हाेछार सांस्कृतिक समाराेह सम्पन्न भएकाे छ । २८५५ फाग ल्हो को अवसरमा ...

संघीयता स्थापित गर्न सफल : प्रदेश सरकार

img

सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा संविधान कार्यान्वयन र संघीयता स्थापित गर्नमा सफल ...

पुर्वेली समाज चितवनले पुर्णता पायो

img

पुर्वेली समाज चितवनको सनिवार भरतपुरमा बसेको बैठकले कार्यसमतिलाई पुर्णता दिएको छ । ...

पत्रपत्रिका

सबै