इराकको ल्होछार संगीतमय

| इराक,कु्र्दिस्तान

इराकको कुर्दिस्तानमा साँस्कृतिक कार्यक्रमगरी सोनाम ल्होछार मनाइएको छ ।

शुक्रबार कुर्दिस्तानको अर्बिल शहरस्थित नवरोज हलमा २८५५ औं (फाग् ल्हो) सुंगुर/बदेल वर्षलाई स्वागत गर्दै सोनाम ल्होछार मनाइएको हो ।

सोनाम ल्होछारको अवसर पारेर आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित गायिका शशिकला मोक्तान र गायक गोन्पो शेर्पाले माहोल तताएका थिए । त्यसैगरी स्थानीय मेहोन्दो माया गायक कान्छा लामा,सेलो गायक साजन शेर्पा,लोकदोहोरी गायिका सोनिया तामाङ र र्‍यापर शक्तिमान तामाङको बेजोड प्रस्तुतिले कार्यक्रममा रौनक थपेका थिए ।

नेपाल तामाङ घेदुङ इराकका अध्यक्ष नुरि च्याङ्गवा लामाको सभापतिमा भएका थिए । नेपाली एकता समाज एर्बिलका अध्यक्ष नवीन कुमार लामाको आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु रहेका थिए ।

कार्यक्रममा रोजगारीका सिलसिलामा इराक पुगेका नेपालीहरुको बाक्लो उपस्थित रहेका थिए।" भाषा,धर्म,कला,संस्कृति,भेषभुषा र आफ्नो पहिचानको  संरक्षण तथा सम्बद्र्धन गरौ " भन्ने नाराका साथ नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकले कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिकृया दिनुहोस्

नेपाल मिस साईप्रसको उपाधि राणालाई

img

तेस्रो मिस नेपाल साईप्रसको उपाधि श्रुती राणाले हात पारेकी छिन् । राणाले ...

युएईमा ग्याल्पो ल्होसारको तयारी अन्तिम चरण

img

शेर्पा किदुग युएईको ल्होसार साँझ–२०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । ...

तामाङ प्रवासी युवा मञ्च गठन

img

नेपाल प्रवासी तामाङ युवा मञ्च मलेसिया गठन भएको छ । आइतबार मलेसियाको ...

कलाकारहरू सम्मानित

img

नेपाल प्रवासी तामाङ समाज कतारद्वारा कलाकारहरुलाई सम्मान गरेको छ । हिमालय अन्तर्राष्ट्रिय ...

टोकियोमा सोनाम ल्होछार सम्पन्न

img

तामाङहरुको ल्होछार (नयाँ वर्ष) २८५५ औं फाग ल्हो (सुंगुर वर्ष) यसवर्ष पनि ...

अष्ट्रेलियामा ल्होछार सम्पन्न

img

तामाङ सोसाइटी अफ एनएसडब्लूले सांस्कृतिक कार्यक्रमगरी सोनाम ल्होछार मनाइएको छ । सोसाइटीले अस्ट्रेलियाको ...

पत्रपत्रिका

सबै