युएईमा ल्होछार कार्यक्रम सम्पन्न

| युएई

तामाङ समाज युएईले सोनाम ल्होछार सेलो विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सप्पन्न गरेको छ।

तामाङ समाज युएईको आयोजनामा नेपाली रेष्टुरेन्ट नाशा लाईभ दोहोरी साँझ र कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको संयुक्त प्रायोजनमा उक्त सेलो विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो। `तामाङ समाज युएईको सान, तामाङ संस्कृति तामाङको पहिचान´ भन्ने मुल नाराका साथ फ्रेबुअरी ८ शुक्रबार देरा दुवई स्थित काल्टन टावर होटलको सभाहलमा सप्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य बहादुरसिंह लामाले यस किसिमको साँस्कृतिक जागरणले हाम्रो पहिचानलाई प्रवासमा रहेर पनि पहिचान दिलाउन सकेकोमा गौरव ठाने । कलाकार संघका अध्यक्ष गायक तथा संगीतकार सन्जिव वाइबाले आफ्नो दमदार प्रस्तुति मार्फत दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । प्रवासमा रहेर पनि रोशनी स्याङबो, प्रख्यात मोक्तान, सुब्बा बल, विजय थोकर, अन्जना श्रेष्ठ, सुरेन तामाङ, हरि मोक्तान, सन्जिता तामाङ, विक्रम वाइबा, गेलु शेर्पा अञ्जुली लोप्चन लगायतले आ-आफ्नो कला प्रस्तुति गरेका थिए ।

संयोजक भिम दोङ तामाङले स्वागत गरिएको उक्त कार्यक्रममा गायक प्रख्यात मोक्तानको पहिलो गीति एल्बम ङेङकोर बिमोचन भएको थियो । गायक मोक्तान विगत केही वर्ष अघिदेखी युएईमा कार्यरत छन् । त्यसैगरी कार्यक्रममा लेखक श्याल्पा तेन्जिन रेन्पोर्छेको एक सय हितोपदेश नामक पुस्तक उपस्थित सम्पुर्ण अतिथिहरुलाई वितरण गरिएको थियो।

समाजले स्टार मेम्बर अफ दि इयर २०१८ र प्रेसिडेन्ट अवार्ड २०१८   द्वारा समाजका संस्थापक पदाधिकारीहरुलाई विशेष सम्मान गरिएको उक्त कार्यक्रम समाजका अध्यक्ष महेश मोक्तानको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

नेपाल मिस साईप्रसको उपाधि राणालाई

img

तेस्रो मिस नेपाल साईप्रसको उपाधि श्रुती राणाले हात पारेकी छिन् । राणाले ...

युएईमा ग्याल्पो ल्होसारको तयारी अन्तिम चरण

img

शेर्पा किदुग युएईको ल्होसार साँझ–२०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । ...

तामाङ प्रवासी युवा मञ्च गठन

img

नेपाल प्रवासी तामाङ युवा मञ्च मलेसिया गठन भएको छ । आइतबार मलेसियाको ...

कलाकारहरू सम्मानित

img

नेपाल प्रवासी तामाङ समाज कतारद्वारा कलाकारहरुलाई सम्मान गरेको छ । हिमालय अन्तर्राष्ट्रिय ...

टोकियोमा सोनाम ल्होछार सम्पन्न

img

तामाङहरुको ल्होछार (नयाँ वर्ष) २८५५ औं फाग ल्हो (सुंगुर वर्ष) यसवर्ष पनि ...

अष्ट्रेलियामा ल्होछार सम्पन्न

img

तामाङ सोसाइटी अफ एनएसडब्लूले सांस्कृतिक कार्यक्रमगरी सोनाम ल्होछार मनाइएको छ । सोसाइटीले अस्ट्रेलियाको ...

पत्रपत्रिका

सबै