रुमालै छ चिनो

| काठमाडाैं

गायक रेशम थापाले ‘रुमालै छ चिनो’ बोलको चर्चित गीत गाएका थिए । हाल उनकै प्रस्तुतिमा सोही बोलको चलचित्र निर्माण भएको छ ।
 
यस अघि ‘हे माया सैलुङ्गेमा कुहिरोको घेरो’ बोलको गीत र ट्रेलर समेत सार्वजनिक गरेको चलचित्र ‘रुमालै छ चिनो’ समूहले अर्को गीत सार्वजनिक गरेको छ । 

यही फागुन १० गते देखि अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्रको आमा नबस्नु पर्खेर बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा रेशम थापाको शब्द तथा बिरही कार्कीको सङ्गित र स्वर रहेको छ । 

युद्धमा सहभागी एउटा सिपाहीले आफ्नो परिवार सम्झिदाको अवस्था झल्काइएको छ । सुशान्त कार्की, सञ्चिता लुइटेल, मिथिला शर्मा लगायतलाई देख्न सकिन्छ । 

चलचित्रमा किशोर खतिवडा, अप्सना थापा, लक्ष्मणबिक्रम बस्नेत, रश्मि भट्ट, सुरवीर पण्डित, सन्ध्या खड्का लगायतले अभिनय गरेका छन् ।

रेशम थापाको कथामा बिनोद सापकोटाको छायांकन, अर्जुन पोखरेल र बिरही कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्ध, सागर लामाको नृत्य, शिव थारुको सम्पादन रहेको छ । 

चन्द्र खड्का निर्माता रहेको यस चलचित्रको पटकथा, सम्वाद तथा निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन् । 

प्रतिकृया दिनुहोस्

मञ्चमा करेसाबारी, करेसाबारीमा जडिबुटी 

img

 विभिन्न नाट्य प्रस्तुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पाँचौ संस्करण सम्पन्न भएको ...

याकुमा ‘जोडी परेवा’

img

नयाँ वर्षको अवसर पारेर अरुण गाउँपालिकाको वडा नम्बर–५, याकुमा नाटक ‘जोडी परेवा’ ...

एटीनको नेपालमा विशेष प्रदर्शनी 

img

लामो समय देखि बेलायतमा रहदै आएका नेपालीहरुको कथामा आधारित चलचित्र एटीनको विशेष ...

तामाङ चलचित्र तिल्दा बन्ने 

img

बाबु जिम्बाको निर्देशनमा तामाङ चलचित्र तिल्दा ? को निर्माण हुने भएको छ ...

‘सोध्न तिमी आफैँसँग...’ (भिडियो)

img

डा. डीआर उपाध्यायको नयाँ गीत ‘सोध्न तिमी आफैँसँग...’ सार्वजनिक भएको छ । ...

बज्रयोगिनी मणिचुड महोत्सवका मनमोहक (भिडियो)

img

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ऐतिहासिक संरचना, पर्यटकीय गन्तव्यहरुको विकास, ...

पत्रपत्रिका

सबै