मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाउने

| काठमाडाैं

नेपाल आदिबासी जनजाति महासंघ नेवाः ताम्सालिङ प्रदेश नं. ३ तदर्थ समन्वय परिषद्ले माघ २८ गते प्रदेश मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाउने भएको छ ।

समन्वय परिषदले सरकारको १५ औं योजनाको ५ वर्षिय (२०७६ /७७-२०८०/८१) दिगो विकास लक्ष्य २०३० तर्जुमा तयारी गरिरहेकोले उक्त योजनामा आदिबासी जनजाति समुदायको प्रमुख मुद्दाहरुको सम्बोधन गराउने उद्देश्यले मुख्यमन्त्री मार्फत ध्यानाकर्षण गराउन लागेको शनिवार काठमाडौंमा एक कार्यक्रम गरी जानकारी गराइयो । 

योजनाको खाका र प्रकृयाका बारेमा नेपालका आदिवासीहरूका मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) का अधिबक्ता शंकर लिम्बुले कार्यपत्र प्रस्तुत गरे । 

योजनाबिद डा. सङग्रामसिंह लामाले सरकारले तर्जुमा गर्ने योजनामा आदिवासी जनजातिहरूले अफ्नो हक अधिकारको विषयमा थाहा पाउनु पर्ने विधिबारे प्रष्टयाए । 

नेपालको संविधानको कार्यान्वन सँगै नेपाल पक्ष राष्ट्र भएका अन्तरार्ष्ट्रिय मानवअधिकार कानुन दस्तावेजहरुको क्रमशः कार्यान्वयन गर्न / गराउन र संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष - २०३०लाई प्राप्त गर्न नेपाल सरकारले  योजना गर्जुमा गर्ने तयारी गरिरहेको छ । 

राजनीतिक बिश्लेषक बुद्धछिरिङ मोक्तान र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि सरिता ज्ञवाली लगायतले आ आफ्ना धारणा राखे । प्रत्येक प्रदेश मुख्यमन्त्रीहरू योजना कार्यान्वयनका लागि पदेन सदस्य रहने व्यवस्था छ ।

यसै अवसरमा आदिवासी जनजातिको मागहरुलाई योजनामा समावेश गराइ कार्यान्वयन गराउन पहलका निमित्त ज्ञापन पत्र बुझाउन लागेको नेवाः ताम्सालिङ संयोजक काजिमान थिङ्ले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

भूकम्पको धक्का, नौबिसे केन्द्र

img

काठमाडौं उपत्यकामा लगायतका स्थानमा बिहानै भूकम्पको धक्का महशुस भएको छ । भूकम्पको धक्का ...

रसुवामा सुन वरामद

img

  उत्तरी नाका रसुवागढी वाट लुकाई छिपाई अवैध रूपमा नेपाल भित्र्याएकाे सात केजी ...

साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

img

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम ...

प्रज्ञामा पुस्तक प्रदर्शनी  शुरू

img

नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु ...

भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव 

भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रविन परियारले साढे तीन लाख बराबरको मोबइल भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ...

बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क

img

काठमाडौको बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क वितरण गरेको छ । ...

पत्रपत्रिका

सबै