कभर भिडियो प्रतियोगिता घोषणा

| काठमाडौं

चैत्र १ मा रिलिज हुने फिल्म ‘जानी नजानी’ को सार्वजनिक गरिएको पहिलो गीत ‘एउटीलाई मुटुमा घर...’ को कभर भिडियो घोषणा गरेको छ । बिहिबार काठमाडौंको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट आयोजना गर्दै सो घोषणा गरिएको हो ।

अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर अर्जुन पोखरेल र दुर्गा खरेलको छ । यो गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य छ । कविराज गहतराजले कोरियोग्राफ रहेको यो गीतको भिडियोमा मनिष र सुमीसँगै डेब्यु नायिका निरिशा बस्नेतलाई पनि देख्न पाईन्छ ।

यो गीतको लागि कम्तीमा एक मिनेटको समय हु्नु पर्नेछ । त्योभन्दा माथि चार मिनेटसम्मको भए पनि फरक नपर्ने यसको निर्माता रोशनी केसीले बताइन् ।

‘उत्कृष्ट भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोश्रो हुनेले रोवाकै फाईभ पइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुक क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन् ।’ यो चलचित्रका निर्देशक बसन्त अधिकारीले भने,‘भिडियो यही २० फागुनभित्र janinajani2018@gmail.com मा पठाईसक्नु पर्नेछ ।’

यो प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई डिआईडी सिजन २ का उत्कृष्ट १० मा पर्न सफल नृत्यकलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर कंशकारले चयन गर्नेछन् । निर्माता रोशनीका अनुसार फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् भने यसैफिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन । फिल्ममा छायांकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका हुन् ।

फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागरकाजी मालीको निर्माण रहेको छ ।

प्रतिकृया दिनुहोस्

दिदि-बहिनी कोरियामा देखाउने

img

शुभेच्छा फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र `दिदी-बहिनी´ कोरियामा बिशेष च्यारिटी शो गर्ने ...

जलजलाको भाग्य यस्तै (भिडियो)

img

गायिका जलजला परियारको नयाँ गीत ‘भाग्य यस्तै’ सार्वजनिक भएको छ । उनलाई ...

हलभरि महिमाको व्याइफ्रेण्ड

img

भोली फागुन १० बाट चलचित्र ब्वाईफ्रेण्ड देशभर एकसाथ प्रदर्शन हुने भएको छ ...

प्रङ्नाले दर्शकको मन जिते

img

तामाङ कथानक चलचित्र “प्रङ्ना” (गरीब) मंगलबार विशेष च्यारिटि शो सम्पन्न भएको छ । ...

मायाले बिगार्यो.... सार्वजनिक

img

सार्वजनिक भएको दिनबाटै अत्याधिका मन पराईको ‘मायाँले बिगार्यो बानी मेरो...’ गीतले अझै ...

पाँच उत्कृष्ट नाटक छनोट

img

प्रज्ञा लालाबाला दोस्रो एकल बालनाटक महोत्सवमा उत्कृष्ट ५ नाटक छनोट भएको छ ...

पत्रपत्रिका

सबै