कतारको ल्होछार कार्यक्रम सम्पन्न

| कतार
फोटो : अस्मिता घिसिङ

नेपाल प्रवासी तामाङ समाज कतारले बृहत साँस्कृतिक कार्यक्रम-२०१९ गरी सोनाम ल्होछार मनाएको छ ।

समाजले शुक्रबार नेपालबाट आमन्त्रित र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिमा २८५५ औं (फाग् ल्हो) सुंगुर/बदेल वर्षलाई स्वागत गर्दै ल्होछार मनाइएको हो ।

कार्यक्रम आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष शिव भुजेलको आतिथ्यमा भएका थिए । सोही कार्यक्रमका अतिथिहरुमा एनआरएनए कतारका कार्यबाहक अध्यक्ष तेज कटुवाल,३ नं.प्रदेशका समन्वय परिषद कतारका अध्यक्ष समीर केसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि रहेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि भुजेलले शुभकामना मन्तव्यका क्रममा नेपाल सरकारले कटौती गरेका आदिवासी जनजातिका एकदिने बिदा २०७६ देखि पुनः दिने निर्णय गरेकोमा खुशी व्यक्त गरे । भुजेलले आदिवासीहरुले प्रवासमा सामुहिक चाडपर्व मनाए पनि नेपालमा भने घरघरमा मनाएर सरकारसँग थप बिदाको माग गर्नुपर्ने बताए । भाषा,कला,संस्कृति लगायतलाई प्रवासमा समेत संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले बृहत कार्यक्रमगरी कतारमा रहेका तामाङहरुलाई एकसुत्रमा बाँध्न स्थापनाकालदेखि सफल भएकोमा समाजलाई प्रमुख अतिथि भुजेलले धन्यवाद दिए ।

सोही कार्यक्रममा समाजका अन्तर्राष्ट्रिय समन्वय परिषद्का संयोजक संखा लाल तामाङले अंग्रेजी भाषामा सम्बोधन गरका थिए । तामाङले सम्बोधनका क्रममा कतार सरकार,कार्यक्रम स्थल अम्वाज क्याम्प लगायतलाई धन्यवाद व्यक्त गरे । त्यसैगरी कार्यक्रममा समाजकी सल्लाहकार मिना लामा तामाङले सोनाम ल्होछारका बारेमा जानकारी गराइएकी थिइन् ।

कार्यक्रमका संयोजक तथा समाजका सचिवलय सदस्य प्रेम घिसिङले स्वागत मन्तव्य राखेका थिए ।डम्फुरे,म्हेन्दोमाया,मानेदोरा,लामा,बोन्बो र मुखे नाचले मनोरञ्जनमय बनाएको कार्यक्रमलाई नेपालबाट आमन्त्रित कलाकारहरू आरबि लामा,सुरेस लामा,चिजा लामा(लेकाली),र जितु लोप्चनले माहोललाई तताएका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहेका थिए ।

दोहाको मिसाईदस्थित अम्वाज क्याटेरिङ- क्याम्प २मा भएको बृहत ल्होछार साँस्कृतिक कार्यक्रममा मौलिक भेषभुषासहित कतारमा रहेका तामाङ तथा गैर तामाङको बाक्लो उपस्थिति रहेका थिए । समाजका अध्यक्ष तिर्थ थिङ तामाङ सभापतिरहेका कार्यक्रम महासचिव धिरेन तामाङ,सचिव कुमारी तामाङ र केन्द्रीय सदस्य सुवास तामाङले सञ्चालन गरेका थिए ।

सन् २००५ मा गठन भएको समाजले स्थापनाकालदेखिनै तामाङ जातिको भाषा,कला,धर्म,संस्कृति र परम्परालाई जोगाउने उदेश्यले विभिन्न चेतनामूलक कार्यक्रमगरी सोनाम ल्होछार मनाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

नेपाल मिस साईप्रसको उपाधि राणालाई

img

तेस्रो मिस नेपाल साईप्रसको उपाधि श्रुती राणाले हात पारेकी छिन् । राणाले ...

युएईमा ग्याल्पो ल्होसारको तयारी अन्तिम चरण

img

शेर्पा किदुग युएईको ल्होसार साँझ–२०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । ...

तामाङ प्रवासी युवा मञ्च गठन

img

नेपाल प्रवासी तामाङ युवा मञ्च मलेसिया गठन भएको छ । आइतबार मलेसियाको ...

कलाकारहरू सम्मानित

img

नेपाल प्रवासी तामाङ समाज कतारद्वारा कलाकारहरुलाई सम्मान गरेको छ । हिमालय अन्तर्राष्ट्रिय ...

टोकियोमा सोनाम ल्होछार सम्पन्न

img

तामाङहरुको ल्होछार (नयाँ वर्ष) २८५५ औं फाग ल्हो (सुंगुर वर्ष) यसवर्ष पनि ...

अष्ट्रेलियामा ल्होछार सम्पन्न

img

तामाङ सोसाइटी अफ एनएसडब्लूले सांस्कृतिक कार्यक्रमगरी सोनाम ल्होछार मनाइएको छ । सोसाइटीले अस्ट्रेलियाको ...

पत्रपत्रिका

सबै