सीमाना विवाद समाधान

| रसुवा

कालिका गाउँपालिका १ बादरे र नुवाकोटको किस्पाङ गाउँपालिका ५ सिम्लेको सीमाना बारे लामो समयदेखिको विवाद समाधान भएको छ ।

पहिले सामान्य रहेको उक्त विवाद स्थानीय तह अस्तित्वमा आए पछि चर्किएको हो । 

प्राकृतिक स्रोत र साधान विषयमा विवाद हुँदै आएको हो । वडा कार्यालयको पहलमा नक्सा अनुसार सीमाना पहिचान गरेपछि विवाद समाधान भएको कालिका गापा वडा नं. १ वडाध्यक्ष मालफुर्पा तामाङले बताए । 

दुवै जिल्लाका नापी कार्यालयका अमिन ल्याएर सीमाना पहिचान गरी नक्सा अनुसार रसुवाको कालिका र उत्तरगया गापाको १५ मीटर भुभाग नुवाकोटमा परेको छ । 

जिल्ला समन्वय समिति रसुवाका कुलप्रसाद भट्ट, जिसस प्रमुख नुवाकोटका सन्तमान तामाङ कालिका गापाका अध्यक्ष सीता अधिकारी, उपाध्यक्षभवानी प्रसाद न्यौपाने र किस्पाङ गापाका अध्यक्ष छत्रबहादुर तामाङको रोहबरमा प्राविधिकले दिएको प्रतिवेदन अनुसार सीमा विवाद समाधान भएको हो । 
 

प्रतिकृया दिनुहोस्

राजधानी गोदावरीमा उपयुक्तः प्रधानमन्त्री ओली

img

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको राजधानी उपयूक्त ठाउँ तोकिएको बताएका  छन् । ...

गोसाइकुण्डको दिर्घकालीन लैङ्गिक निति

img

गोसाइकुण्ड गाउँपालिकाले दीर्घकालीन निति अनुरुप लैङ्गिक समानतालाई जोड दिई काम अगाडि बढाइरहेको ...

महासंघमा पोखरेल

img

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को सम्मेलन सम्पन्न भएको छ । मंगलबार ...

पाेखरामा ल्हाेछार सांस्कृतिक समाराेह सम्पन्न 

img

पाेखरामा ल्हाेछार सांस्कृतिक समाराेह सम्पन्न भएकाे छ । २८५५ फाग ल्हो को अवसरमा ...

संघीयता स्थापित गर्न सफल : प्रदेश सरकार

img

सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा संविधान कार्यान्वयन र संघीयता स्थापित गर्नमा सफल ...

पुर्वेली समाज चितवनले पुर्णता पायो

img

पुर्वेली समाज चितवनको सनिवार भरतपुरमा बसेको बैठकले कार्यसमतिलाई पुर्णता दिएको छ । ...

पत्रपत्रिका

सबै