दोस्रो पाखर कप दोलखालाई

| सिन्धुपाल्चोक,लिसंखुपाखर
फोटो : सन्तोष रिमालको फेसबूकबाट

दोस्रो पाखर कप फुटबल प्रतियोगिता-२०७५ को उपाधि जिल्ला फुटबल संघ दोलखाले हात पारेको छ ।

प्रतियोगिताको माघ २२ गते सिन्धुपाल्चोकको लिसंखुपाखरस्थित ठुलोपाखर खेलमैदान भएको फाइनलमा दोलखाले नगरकोटलाई २-१ गो अन्तरले पराजीत गरी जित हाँसिल गरेको हो ।

विजेताले कपसँगै २ लाख २२ हजार २ सय २२ रुपैया र उपविजेता नगरकोटले १ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गरेको थियो । लिसंखुपाखर गाउँपालिका र ठुलोपाखर क्लव आयोजक रहेका थिए ।

उक्त फाइनल खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गरेका थिए । खेल हुनु अगावै भएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै परिषद्का सदस्य सचिव विष्टले ग्रामिण भेगमा रहेको खेलको विकासको लागि आफूले जोड दिने बताए । विष्टले सिन्धुपाल्चोकको महत्वपूर्ण खेलमैदानको रुपमा रहेको ठुलोपाखर खेलमैदानको पूर्वाधार विकास गर्न आवश्यक बजेट बिनियोजन गरिने बचन दिए ।

कार्यक्रममा कार्यक्रमका विषेश अतिथिरहेका लिसंखुपाखर गाउँपालिकाका प्रमुख कमल नेपालले गाउँपालिका आर्थिक आन्तररिक स्रोतले धनी नभएपनि खेलकुद क्षेत्रको विकासको लागि मन धनी भएको बताए ।

माघ ११ देखि सञ्चालित दोस्रो पाखर कप माघ २२ गते सकिएका थिए । दोस्रो पाखर कप प्रतियोगितामा जिल्लाका १० वटा क्लव र जिल्ला बाहिरका ५ वटा फुटबल संघहरू सहभागि भएका थिए ।

प्रतिकृया दिनुहोस्

महिला–पुरूष खेलाडीबीच विभेद गरिएको भन्दै विरोध

img

एउटै प्रकृतिको काम लगाउदा महिला–पुरूषको ज्याला समान हुनु पर्ने भन्दै यहाँका महिलाहरूले ...

थ्री स्टारले उचाल्यो तेस्रो राजर्षि जनक कपको उपाधि

img

सर्लाहीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि रुस्लान थ्री स्टारले ...

बागमती नगरपालिका फाइनल प्रवेश, थ्री स्टारसँग भिड्ने

img

बागमती नगरपालिका टिम तेस्रो राजर्षि जनककप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ...

राजर्षि जनककप : रुस्लान थ्री स्टार फाइनल

img

सर्लाहीको बागमतीमा जारी तेस्रो संस्करणको राजर्षि जनककप फुटबल प्रतियोगितामा काठमाडौंको रुस्लान थ्री ...

झापा ११ क्वाटरफाइनलमा

img

झापा–११ ले रुपन्देही ११ लाई ३-० ले हराउँदै सर्लाहीको बामगतीमा जारी तेस्रो ...

वीरगञ्जलाई ट्राइब्रेकरमा पराजित गर्दै फ्रेण्ड्स क्लब दोस्रो चरणमा प्रवेश

img

युनाइटेड क्लब पर्सालाई ट्राइबे्रकरमा ३–१ गोलले पराजित गर्दै फ्रेण्ड्स क्लब काठमाण्डौं, सर्लाहीको ...

पत्रपत्रिका

सबै