बिहे गर्न विष खुवाई चार वर्षे छोराको हत्या

सल्यानमा आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले आफ्नै ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको खुलेको हो । 

परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नामको विषादी खुवाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

उनले परपुरुषसँग सम्बन्ध रहेको र उसलाई आफू अविवाहित हुँ भनी ढाँटेको र ती युवकसँग बिहे गर्ने योजना रहेकाले बच्चाको हत्या गरेको स्वीकार गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए । 

यो समाचार आजको नेपाल समाचारपत्रमा सरिता चलाउनेले लेखेकी छिन् ।

प्रतिकृया दिनुहोस्

कम्पनी टाट पल्टँदा साउदीमा ३ हजार नेपाली अलपत्र

img

साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको ...

मेडिकल कलेजले फिर्ता गरेनन् पैसा

img

त्रिभुवन र काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले विद्यार्थीबाट नियमविपरीत लिएको रकम फिर्ता गरेका छैनन् । ...

प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’

img

नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको ...

नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

img

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका ...

दिवा खाजा कार्यक्रममा साढे चार करोड अनियमितता

img

देशभरका सामुदायिक विद्यालयमा लागू भएको विद्यालय दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको ...

नयाँ ट्याक्सी दर्ता खोल्दै सरकार

सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छन् । सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ...

पत्रपत्रिका

सबै