ओपोद्वारा एकै हप्ता चार नयाँबजार प्रवेश

| काठमाडाैं

स्मार्टफोन ओपोले तिब्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता मात्र ओपोले आधिकारिक रुपमा चार नयाँ देशमा प्रवेश गरेको छ । कम्पनीले यूनाइटेड किङ्गदम, साउदी अरेविया, टर्की र पोल्याण्डमा आफ्ना फ्ल्यागशिप मोडलका साथ प्रवेश गरेको हो ।

ज्यानुअरी २८मा ओपो आधिकारिक रुपमा साउदी अरेबियामा प्रवेश गरेको थियो । साउदी अरेबियाका लागि पहिलो उत्पादनका रुपमा कम्पनीले अदृतीय प्रविधि र कलात्मक डिजाइनको नमुनाका रुपमा परिचित आर१७सिरिज भित्र््याएको थियो । सार्वजनिक अगाडि कम्पनीले मिडल इस्ट रिजनल अपरेशनको आधारका रुपमा यूएईको दूबईमा दोस्रो एमईए हब खोल्ने घोषणा गरेको थियो ।

ज्यानुअरी २९मा लन्डनको टावर ब्रिजमा ओपोले यूके लञ्ज ईभेन्टको आयोजना गरेको थियो । यसलाई ओपोको वैश्विकिकरणका लागि एक कोशेढुङका रुपमा पनि हेरिएको छ । यूकेपश्चात ओपोले टर्कीमा आधिकारिक सार्वजनिक कार्यक्रमको आयोजना गर्यो । यसले कम्पनीको यूरोपियन ईको सिस्टमलाई थप बलियो बनाएको छ । लगतै पोल्याण्डमा आयोजित सार्वजनिक समारोह मार्फत ओपोले आफ्नो पूर्ण प्रडक्ट सिरिज फाईण्ड एक्स, आरएक्स१७सिरिज र ए सिरिजपनि सार्वजनिक गर्यो ।

सन् २०१८को जुन महिनामा ओपोले यूरोपियली बजारमा आफ्नो पहिला भेञ्चरका रुपमा फ्रेञ्च बजारमा प्रवेश गरेको थियो । यसपश्चातका ६ महिनामा कम्पनीले ईटालियन, स्पेनिश र डच बजार मार्फत आफ्नो यूरोपियन विस्तारलाई निरन्तर्ता दिएको छ । अबको यूके, टर्की र पोल्याण्ड बजारमा प्रवेशसँगै यूरोपियली बजारमा ओपोको उपस्थिति ९ ओटा देशमा पुगेको छ । हाल ओपोको उपस्थिति विश्वका ४० देशसम्म पुगिसकेको छ । ओपोले विश्वभरका २५० मिलियन प्रयोगकर्तालाई स्टेट अफ आर्ट प्राविधिक उत्पादन तथा सेवा उपलब्ध गराइरहेको छ ।

प्रतिकृया दिनुहोस्

नेपालको मिनी स्याटलाइट अन्तरिक्षमा पठायो

img

नेपालको भू–उपग्रह पहिलो पटक अन्तरिक्षमा बिहीबार पठाएको छ । नेपालीस्याट–१ नाम दिएको ...

एफ ११ प्रोमा राईजिङ क्यामेरा

img

ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन, एफ११ ...

कलर ओएस ६ सार्वजनिक

img

ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याटफर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको ...

 शुल्क भुक्तानी अब इसेवाबाटै, लाइनको बाध्यता हट्यो 

img

अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा ...

चार्जिङ सेन्टर स्थापना

img

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको सुविधाको लागि नेपाल टेलिकमको सहयोगमा मोबाइल चार्ज ...

इसेवा दशौं वर्षमा

img

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश ...

पत्रपत्रिका

सबै