ताम्सालिङमा अध्यक्ष घलान

| काठमाडाैं

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय सदस्य एवं ३ नम्बर प्रदेश समितिका इन्चार्ज केवी घजुको प्रमुख आतित्थ्यतामा सोमबार  ताम्सालिङ प्रदेश समिति पुनर्गठन भएको छ । 
प्रमुख अतिथि घजु सहित विशेष अतिथि पार्टी केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश समितिका सह इन्चार्ज सुनी लामा, प्रदेश अध्यक्ष लालबहादुर तामाङ, विद्युत बज्राचार्य लगायतले पहिचानको लागि अघि बढेको हाम्रो पाटी सबै समुदायको समानुपातिक उपस्थिति गराउनु पर्ने भएकोले ताम्सालिङ समितिलाई सकृय गरेको बताए । 

भेलाले कृष्णकुमार घलानको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन गरिएको हो।

समितिको उपाध्यक्षत्रय युवराज भट्टराई, बीच्छिबहादुर थामी, ज्ञानु लामा चयन भएका हुन् ।  मुख्य सचिव शुभरत्न गोले, सचिव रहरसिंह तामाङ र हेपबहादुर थामी, कोषाध्यक्ष रजनी श्रेष्ठ रहेका छन् । 

सदस्यहरुमा जगत तामाङ, नवराज मोक्तान, बिन्दा आचार्य, मेनुका दर्नाल, धनबहादुर सुनार, छ्योइसाङ तामाङ, देवराज स्याङतान, चञ्चला पराजुली, उत्तम अधिकारी, बलराज सुनार, तेनसिंह लामा, सनी लामा, शेखर तामाङ, साबित्री चेपाङ, रामबहादुर तामाङ, शेरबहादुर कोइराला बिक, सुबोध घलान रहेका छन् ।

नेतृत्व हस्तान्तरण पछि घलानले पहिचान प्राप्तिको आन्दोलनलाई सशक्त ढंगले अगाडि बढाउने बताए । घलान २०४२ सालदेखि राजनीतिमा सक्रिय रहेका युवा हुन् ।  २०४६ सालको आन्दोलनमा पञ्चायत विरुद्ध कालो झण्डा गाड्ने कामको अगुवाई गरेका थिए ।

प्रतिकृया दिनुहोस्

शैलुङ काँग्रेसले मनाए नयाँ वर्ष

img

नेपाली काँग्रेस शैलुङ गाउँपालिका सम्पर्क समिति –काठमाडौंले नयाँ बर्षको अवसर पारेर भेटघाट ...

नेपाली कांग्रेसको जागरण अभियान, ७७ जिल्लामा कुन नेता कहाँ कहाँ खटाए ?

img

नेपाली कांग्रेसले आफूले घोषणा गरेको राष्ट्रिय जागरण अभियान सफल पार्नका लागि ७७ ...

लिम्बुवान प्रान्त बाहेक विकल्प छैन : लिङ्देन

img

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि ...

नेकपाको कार्यकर्ता अगुवा भेला सम्पन्न

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका संगठन कमिटिले संगठन सुदृढीकरण एवं कार्यकर्ता ...

सरकारको कामप्रति राप्रपाको कडा आलोचना

img

वर्तमान सरकारको कार्यप्रति राप्रपा संयुक्तले कडा आलोचना गरेको छ । ३३ किलो ...

विप्लवलाई नेकपामा प्रवेश गर्न प्रचण्डको अनुरोध

img

सरकारले प्रतिबन्ध लगाएका विप्लव र उनीद्धारा निर्देशित पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ...

पत्रपत्रिका

सबै