चौथो वर्षमा हामी

| काठमाडाैं

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ल्होछार (बाँदर नयाँ वर्ष)बाट प्रकाशन प्रारम्भ भएको हो । ग्लोबल भ्वाइस प्रालिद्धारा संचालित अनलाइनले तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको हो ।

यो सुखद समाचार सम्पूर्ण पाठक, दर्शक, विज्ञापनदाता, शुभचिन्तकहरू एवं प्रत्येक्ष अप्रत्यक्ष सल्लाह दिनुहुनेहरुमाझ बाँड्न पाउँदा हामीले थप जिम्मेवारी बोध गरेका छौं ।

तेस्रो वर्षको दौरानमा आफ्नो उद्देश्य अनुसार सूचना, समाचार, घटना र विचारहरुलाइसकेसम्म उचित स्थान दिएको अनलाइनले महसुस गरेको छ । यद्यपी जनशक्ति अभावले गर्दा हामीले भने जतिको सम्प्रेषण गर्न नसक्नु यथार्थ हो । तर, हाम्रो प्रयास भने सकारात्मक रुपमा निरन्तरता रहिरह्यो ।

सैलुङअनलाइनले तीन वर्षे कार्यावधिमा सोचेभन्दा बढी पाठक, दर्शक पाउन सफल भएको छ । यो अवस्थामा ल्याईपुर्याउनका लागि पाठक, दर्शक, विज्ञापनदाता तथा शुभचिन्तक एवं सल्लाह दिनुहुनेहरुको भूमिका महत्वपूर्ण रहेको छ ।

वौद्धिक लेख रचना उपलब्ध गराएर लेखकहरुले ठुलो गुण लगाउनु भएको छ । समुदायस्तरबाट धेरैले कार्यक्रमहरुको समाचार पठाएर सहयोग गर्नुभएको छ । अनलाइनसँग प्रत्येक्ष वा परोक्ष सम्बन्धित रहेर सम्वाददाताको रुपमा दिनरात नभनी समाचार संकलन गर्न अथक मिहेनत गर्नुभएको छ । यो अवसरमा अनलाइन वहाँहरू सबै प्रति ग्लोबल भ्वाइस प्रालि हार्दिक आभार व्यक्त गर्दछ र निरन्तर सहयोग पनि अपेक्षा गर्दछ ।

निष्पक्ष, पारदर्शी, सत्य, तथ्य एवं सकारात्मक समाचार प्रकाशन अनलाइनको ध्येय हो र रहनेछ । 

सिङ्गो टिमकै अथक खटनले आज हामी यहाँसम्म आइपुगेका छौं । आवाजविहीनहरूको आवाज बनी सूचनाको सम्वाहक र खोज पत्रकारिताको माध्यमबाट मिडियाको भीडमा हामी अघि बढिरहेका छौं । अनलाइनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारसमेत द्रुत गतिमा प्रकाशन, प्रसारण गर्दै आएको यहाँहरुलाई अवगत नै छ । आगामी दिनमा अँझ शसक्त रूपमा अघि बढ्ने प्रण गर्दै थप सहयोग र सल्लाहको अपेक्षा राखेका छौं ।

अन्तमा, हामी मुलुकको राष्ट्रियता, अखण्डता र स्वाभिमान प्रति जिम्मेवार छौं र रहनेछौं । मुलुकको मुल कानून र पत्रकारिताको आचारसंहिताभित्र रहेर समावेशी समाचार सम्प्रेषणमा हामी निरन्तरताको प्रतिवद्धता गर्नेछौं । ल्होछारला ज्याबाम्हान्बा  (शुभकामना) !

प्रतिकृया दिनुहोस्

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

गरे के हुदैन ? घलेलाई विदेश यही

img

अत्याधिक पर्यटकको आगमनसँगै धुञ्चेमा होटल व्यवसायहरू फस्टाएका छन् । हिजोआज सामान्य होटल ...

आठराईका पशुपालकलाई आम्दानीको नयाँ बाटो

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर–४ इवामा गत माघ ५ गतेदेखि डेरी उद्योग ...

एभरेष्टको ‘३६० डिग्री भ्यू’

img

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी हजारौं पर्यटकहरू आउने गर्दछन् । यसमध्येमा ...

हावाबाट विजुली, हर्षित छन् सप्तमीबासी

img

खुसी छन् स्थानीय । हावाबाट सधैं दुःख खेप्नुपर्थ्यो । त्यही हावाबाट विजुली ...

उदाउँदै अर्चलेका रेशमी आमा समूह

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर-५ साविक छातेढुङ्गा-८ अर्चलेका महिलाहरू संगठित भई उदाएका ...

पत्रपत्रिका

सबै