गरे के हुदैन ? घलेलाई विदेश यही

| रसुवा

अत्याधिक पर्यटकको आगमनसँगै धुञ्चेमा होटल व्यवसायहरू फस्टाएका छन् । हिजोआज सामान्य होटल व्यवसाय त छदैछ । रिसोर्ट व्यवसायले पनि पर्यटकहरुलाई आकर्षण गर्न थालेका छन् । यसले गर्दा पनि धुञ्चेका केही युवाहरू व्यवसायी बनेका छन् । यी मध्ये परिश्रमी युवा विशाल घले पनि एक हुन् । गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे निवासी घलेले एकल लगानीमा नाम्गेल रिर्सोट एण्ड अर्गानिक रेष्टुरेन्ट खोलेका हुन् । उनले रेन्बो ट्राउट माछासमेत पालेका छन् । प्रोटिनयुक्त माछासँगै रिसोर्टमा अर्गानिक खान्की उपलब्ध गराइरहेका छन् । यो सँगसँगै आम्दानी पनि भइरहेको उनी बताउँछन् ।

घलेले बाँझो जग्गालाई सदुपयोग गरी ४५ लाखको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । आम्दानीको मात्र सुनिश्चिता भएकोले लगानी नडुब्नेमा उनी ढुक्क छन् ।

गोसाइकुण्ड जाने यात्रुलाई भरिया व्यवस्था पनि गरिरहेको उनले बताए ।

लाङटाङ, गोसाईकुण्ड, थुमनको नागथली लगायत थुप्रै घुम्न लायक ठाउँहरू छन् । जसको आडमा यो व्यवसाय सुरु गरेको उनले बताए । दत्तचितसाथ व्यवसायमा लागे युरोप अमेरिका यही हुदोरहेछ, गरे के हुदैन ? उनले भने ।

उनका साथीहरू खाडी, यूरोप, अमेरिका पुगे पनि उनलाई भने विदेशको मोह कहिल्यै लागेन । नेपालमै स्वावलम्बी व्यवसाय गर्ने सोचकासाथ रिसोर्टलाई अगाडि बढाइरहेको घलेले बताए ।

प्रतिकृया दिनुहोस्

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

आठराईका पशुपालकलाई आम्दानीको नयाँ बाटो

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर–४ इवामा गत माघ ५ गतेदेखि डेरी उद्योग ...

एभरेष्टको ‘३६० डिग्री भ्यू’

img

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी हजारौं पर्यटकहरू आउने गर्दछन् । यसमध्येमा ...

हावाबाट विजुली, हर्षित छन् सप्तमीबासी

img

खुसी छन् स्थानीय । हावाबाट सधैं दुःख खेप्नुपर्थ्यो । त्यही हावाबाट विजुली ...

उदाउँदै अर्चलेका रेशमी आमा समूह

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर-५ साविक छातेढुङ्गा-८ अर्चलेका महिलाहरू संगठित भई उदाएका ...

पत्रपत्रिका

सबै