मधेश विकासमा सरकार अग्रसर :  प्रधानमन्त्री ओली

| सिराहा

प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् । शहीद हेमनारायण यादवको १५ औं स्मृति सभालाई शनिबार सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले मधेशका बारेमा विभिन्न हल्ला चलाइएपनि सरकारका कामले ती सबै कुराको जवाफ दिने बताएका छन् । ‘मधेशका बारेमा अनेक हल्ला चलाइएका छन् तर सरकारको कामले ती सबै कुराको जवाफ दिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हुलाकी सडकको निर्माण, भैरवहा अन्तर्रा्ष्ट्रीय विमानस्थलको निर्माण, तराई मधेश समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएका हुन् । केही दिनअघि झापा विमानस्थलमा रात्रीकालीन उडान सेवा सुरु भएको छ । जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हुँदैछ ।’ प्रधानमन्त्री ओलीले मधेशलाई काठमाडौंसँग जोड्ने द्रुत मार्ग, निजगढ विमानस्थल, कमला मरिन डाइभर्सनबाट तराईलाई सिचाईं गर्ने योजनाका कामहरू धमाधम भइरहेको बताए ।

कार्यक्रममा भौतिक तथा योजना पूर्वाधार मन्त्री रघुविर महासेठले आउने चुनावसम्ममा मेचीदेखि महाकालीसम्मको हुलाकी राजमार्ग पूर्ण रुपमा बनिसक्ने जनाएका छन् । मन्त्री महासेठले यसअघिका कतिपय ठेकेदारले लापरवाही गरी पुल निर्माणको कार्य निर्माणमा अटेर गरेकाले नयाँ ठेकेदार कम्पनीलाई हस्तान्तरण गरिसकिएकोले अबको एक वर्षभित्रमा सबै अधुरा पुलहरू निर्माण हुने बताए ।

मृतक हेमनारायण यादवका छोरा डा. नविन यादवले आफ्नो बुवाको हत्या भएको १५ वर्ष वितिसक्दा समेत हत्याराले सजाय नपाएको प्रति दुःख व्यक्त गरे । स्मृतिसभामा पूर्वमन्त्री, केन्द्र एवं प्रदेश सभाका सभासद, नेकपाका नेता कार्यकर्ताहरुले शहीद हेमनारायण यादवको बारेमा चर्चा गरेका थिए ।

१५ वर्ष अगाडि सिरहामा एक अप्रत्यासित घटना घट्यो । २०६० साल माघ १९ गते हेम नारायण यादवको हत्या भएको थियो ।

प्रतिकृया दिनुहोस्

शैलुङ काँग्रेसले मनाए नयाँ वर्ष

img

नेपाली काँग्रेस शैलुङ गाउँपालिका सम्पर्क समिति –काठमाडौंले नयाँ बर्षको अवसर पारेर भेटघाट ...

नेपाली कांग्रेसको जागरण अभियान, ७७ जिल्लामा कुन नेता कहाँ कहाँ खटाए ?

img

नेपाली कांग्रेसले आफूले घोषणा गरेको राष्ट्रिय जागरण अभियान सफल पार्नका लागि ७७ ...

लिम्बुवान प्रान्त बाहेक विकल्प छैन : लिङ्देन

img

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि ...

नेकपाको कार्यकर्ता अगुवा भेला सम्पन्न

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका संगठन कमिटिले संगठन सुदृढीकरण एवं कार्यकर्ता ...

सरकारको कामप्रति राप्रपाको कडा आलोचना

img

वर्तमान सरकारको कार्यप्रति राप्रपा संयुक्तले कडा आलोचना गरेको छ । ३३ किलो ...

विप्लवलाई नेकपामा प्रवेश गर्न प्रचण्डको अनुरोध

img

सरकारले प्रतिबन्ध लगाएका विप्लव र उनीद्धारा निर्देशित पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ...

पत्रपत्रिका

सबै