विभेद गर्नुहुदैन – पूर्व प्रधानमन्त्री खनाल

ह्याङलाको ल्होछारमा नेतादेखि कलाकारसम्म

| काठमाडाैं

नेकपाले शेरबहादुर तामाङलाई फेरि मन्त्री बन्ने अवसर दिएर सम्मान गरिनुपर्छ । सबैलाई समेटेर अगाडि बढे मात्रै देशले समृद्धि पाउने छ । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) नेता झालनाथ खनालले ह्याङ्ला दोलखा–काठमाडौं तामाङ समाजद्धारा आयोजित बृहत सांस्कृतिक ल्होछार महोत्सवमा सो कुरा बताएका हुन् ।

नेकपाले सबैलाई एकसुत्रमा बाँधिएर अघि बढेको नेता खनालको भनाइ छ । नेपाल बहुभाषी, जाति, धर्म, संस्कृतिको देश हो, विभिन्न समुदायको चाडपर्व विशेष हुन्छ । यसलाई राज्यले विशेष महत्व दिनुपर्छ, उनले भने ।

शनिबार ल्होछारको पूर्वसन्ध्यामा नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा सम्पन्न महोत्सवमा प्रतिनिधि सभा सदस्य पार्वत गुरुङले सरकारले विदा कटौती गर्न नहुने बताए । उनले भने– ल्होछारको विदा कटौती नगर्न प्रधानमन्त्री समक्ष माग राखेको छ ।

महोत्सवमा तामाङ खाना, झाक्री, भेषभुषा तथा बाद्यवादन प्रदर्शन गरिएका थिए ।

त्यसैगरी नेकाका नेता बर्मा लामाले राजनीतिमा तामाङहरुको पहुँच नभएको स्विकार्दै उदाहरण दिए– वाइडबढीमा भ्रष्टचार हुँदा पर्यटनमन्त्रीले राजीनामा दिनु नपर्ने, तर शेरबहादुर तामाङले एक शब्द बोल्द राजीनामा दिनुपर्ने । यो महा अन्याय भएको उनले बताए । यदि हाम्रो केन्द्रीय तहमा बाहुल्यता भएको भए राजीनामा अनिवार्य थिएन ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ, शान्ती पाख्रिन, भुमिसुधार कृषि तथा सहकारी विकास मन्त्री धावादोर्जे तामाङ, प्रदेशसभा सदस्यहरु डिएन शेर्पा, सरस्वती बस्नेत, बिशाल खड्का, पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल लगायतले शुभकामना दिएका थिए ।

काठमाडौंमा बस्दै आएका सम्पूर्ण दोलखाबासीको जम्काभेट गरी नयाँ वर्ष फाग ल्हो २८५५ औं सोनाम ल्होछारलाई स्वागतको साथमा मनाएको छ । समाजले दोलखाकै नयाँ तथा पुराना कलाकारहरुद्धारा सांगीतिक प्रस्तुतिले माहोल तताएका थिए ।

महोत्सवमा तामाङ खाना, झाक्री, भेषभुषा तथा बाद्यवादन प्रदर्शन गरिएका थिए ।

गायक एवं संगीतकार छेवाङतेञ्जिङ लामा, गायक सुवास मोक्तान, खेम मोक्तान, सवाङ मोक्तान, नायिका पूर्णिमा मोक्तान, गायिका बसन्ती लामा, हास्यकलाकार महादेव त्रिपाठी लगायतले प्रस्तुति दिएका थिए ।

समाजका अध्यक्ष सरोजमोहन लामाले ल्होछार मानिरहँदा आर्थिक, शैक्षिक, राजनितिक, सामाजिक र सांस्कृतिक समृद्धि ह्याङ्ला पहिचान । प्रगतिशील समावेशी सेवा ह्याङ्ला अभियानका साथ संस्था अगाडि बढेको बताए । 

प्रतिकृया दिनुहोस्

सति घाटु नाच : महिनावारी अगावैको कन्या चाहिने

img

हरेक बर्ष मनाउने गरेको परम्परागत गुरूङ समुदायको ३ दिनसम्म मनाईने सति घाटु ...

म्हेन्दोमायामा राजकिङ

img

म्हेन्दोमाया कलाकार संघ नेपालको दोश्रो वार्षिक साधारण सभासहित अधिवेशन शुक्रबार सम्पन्न भएको ...

तामाङ डाजाङको इतिहास

img

तामाङ भाषा, साहित्यलाई सम्बद्र्धन र संरक्षण गर्ने हेतुले रविन्द्र तामाङ, दीपक घिसिङ, ...

हरिहरपुरगढीमा मातृभाषा प्रशिक्षण 

img

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा मातृभाषाको प्रशिक्षण सुरु गरेको छ । बुधबार क्यानेश्वरको क्वाटरमा ...

सुन्दरीजलमा शैक्षिक सामग्री

img

सुन्दरीजल आधारभूत विद्यालय गोकर्णेश्वर नगरपालिका–१ मुलखर्कमा तामाङ डाटावेसको अगुवाईमा आइतबार शैक्षिक सामग्री हस्तान्तरण गरिएको ...

घेदुङको वडा कमिटी गठन

img

नेपाल तामाङ घेदुङले भरतपुर–७, कृष्णपुरमा वडा कमिटी गठन गरेको छ । सन्तोष ...

पत्रपत्रिका

सबै