ल्होछारमा डम्फूरे, सेलो, म्हेन्दोमाया

| दक्षिण कोरिया
तस्वीर फाइल

दक्षिण कोरियामा हुने सोनाम ल्होछार सांगीतिक कार्यक्रममा डम्फूरे, सेलो, म्हेन्दोमाया र मौलिक नृत्यमा झुम्न सक्ने भएको छ ।

नेपाल तामाङ सघं, दक्षिण कोरियाको आयोजनामा फेब्रुअरी ४ मा हुने सोनाम ल्होछार सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारको साथै यहाँ रहेका कलाकारहरुको मौलिक तथा आकर्षक प्रस्तुतिसँग रमाइलो लिन सक्ने सोनाम ल्होछार मुल आयोजक समितिले जनाएको छ । यसपालि डम्फूरे, सेलो, म्हेन्दोमाया र मौलिक नृत्य हुने हुँदा पृथक र धेरै मनोरञ्जन हुने आयोजक समितिका संयोजक मेघप्रसाद वाइबा तामाङले जानकारी दिए । उनका अनुसार कार्यक्रमको आन्तरिक तयारी सकिएको बताए ।

मध्यान्ह १२ बजेबाट शुरु हुने कार्यक्रमको शुरूवातमा लामा गुरुहरुबाट लामा बिधिबाट पूजापाठपछि औपचारिक कार्यक्रम हुने संयोजक तथा अध्यक्ष वाइबा तामाङले बताए । औपचारिक कार्यक्रममा ढ्वा/फाग् ल्हो सोनाम ल्होछारको (नयाँ बर्ष) शुभकामना आदानप्रदान हुनेछ । औपचारिक कार्यक्रम सकिएलगतै भरपुर मनोरञ्जनका लागि ल्होछार सांगीतिक कार्यक्रम शुरु हुने उनले बताए । कार्यक्रममा विभिन्न बिधामा संस्थाले पाँच जनालाई सम्मान पनि गर्ने भएका छन् ।

ल्होछार सांगीतिक कार्यक्रमको लागि नेपालबाट ताम्बा डम्फूरे धावावाङ्गेल लामा मोक्तान, संगीतकार एवं गायक टीका बम्जन, गीतकार एवं गायक फूलकुमार बम्जन, गीतकार एवं गायक जीवन बम्जन, संगीतकार एवं गायक जोगलाल लामा र सेलो तथा म्हेन्दोमाया गायिका बिना घले आउने भएका छन् ।

सांस्कृतिक कार्यक्रममा कोरियामै रोजगारीको सिलसिलामा बस्दै आएका सेलो तथा आधुनिक गायक अमन थिङ, युनिक दोङ, राज ब्लोन, ज्ञान लामा, भवस्बी बम्जन, जापानबाट आउने गायिका परस्वती लामा, सञ्जय तामाङ, नीरु लामा र रहर तामाङले गाउने छन् भने मनिराज लामा, कला घलान, रमण पाख्रिन, डेलिना ब्लोन र कमला थोकरको नृत्य रहनेछन् ।

प्रतिकृया दिनुहोस्

नेपाल मिस साईप्रसको उपाधि राणालाई

img

तेस्रो मिस नेपाल साईप्रसको उपाधि श्रुती राणाले हात पारेकी छिन् । राणाले ...

युएईमा ग्याल्पो ल्होसारको तयारी अन्तिम चरण

img

शेर्पा किदुग युएईको ल्होसार साँझ–२०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । ...

तामाङ प्रवासी युवा मञ्च गठन

img

नेपाल प्रवासी तामाङ युवा मञ्च मलेसिया गठन भएको छ । आइतबार मलेसियाको ...

कलाकारहरू सम्मानित

img

नेपाल प्रवासी तामाङ समाज कतारद्वारा कलाकारहरुलाई सम्मान गरेको छ । हिमालय अन्तर्राष्ट्रिय ...

टोकियोमा सोनाम ल्होछार सम्पन्न

img

तामाङहरुको ल्होछार (नयाँ वर्ष) २८५५ औं फाग ल्हो (सुंगुर वर्ष) यसवर्ष पनि ...

अष्ट्रेलियामा ल्होछार सम्पन्न

img

तामाङ सोसाइटी अफ एनएसडब्लूले सांस्कृतिक कार्यक्रमगरी सोनाम ल्होछार मनाइएको छ । सोसाइटीले अस्ट्रेलियाको ...

पत्रपत्रिका

सबै