कालिकाको आम्दानी करोड 

| रसुवा

उत्तरगया गाउँपालिका ५ छापमा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक आम्दानी करोड भन्दा बढी भएको छ । 

२०५३ सालमा आलु बाली समुहबाट शुरु भएको संस्थाले आर्थिक वर्ष ०७४/०७५ मा एक करोड १० लाख ३१ हजार आम्दानी गरेको छ । ग्राणीण क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकत्रित गरी कारोबार शुरु गरेको संस्थामा २ हजार शेयर सदस्य रहेका छन् । 

वार्षिक १० करोड १५ लाखभन्दा बढी ऋण कारोबार गरिएको यस संस्थासँग ३ करोड ४२ लाख बचत रकम, ५९ लाख ५३ हजार शेयर पुँजी रहेको बताइएको छ । 

जिल्लामा सहकारी बन्द हुने क्रम बढे पनि कालिकाले भने नाफा आर्जन गरेको छ । आ.ब. ०७४।०७५ मा गरेको आम्दानीबाट खर्च कटाउँदा ३४ लाख ७५ हजार ७ सय रुपैया खुद नाफा भएको छ । नाफाबाट शेयर सदस्यलाई १५ प्रतिशतका दरले लाभांश वितरण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

रसुवागढी र साञ्जेनको साधारण शेयर खुल्ला

img

जलविद्युत कम्पनीहरुमध्ये सम्भावनायुक्त आयोजना मानिएका रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण ...

शैलुङले दिए चौरीपालकलाई पाँच लाख

img

कृषि र पलुपालनलाई जोड दिंदै आएको शैलुङ गाउँपालिकाले चौरीपालक समूहलाई पाँच लाख ...

तातोपानी नाका जेठ १७ देखि खुल्ने 

img

तातोपानी नाका जेठ १७ गतेदेखि संचालनमा आउने भएको छ । नाका संचालनको ...

एनसेलले कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्न सर्वोच्चको आदेश

img

एनसेलले कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्न सर्वोच्चले आदेश गरेको ...

धुञ्चेमा गुराँसको जुस, विरामीलाई अति उपयोगी

img

राष्ट्रिय फूल लालीगुराँस आफैमा बहुउपयोगी बनस्पति हो । धुञ्चेका गाउँलेले यसको स्वस्थ्यबर्दक ...

बीमा कम्पनीलाई पुँजी पुर्याउन गाह्रो

img

बीमा कम्पनीहरुलाई संस्था संचालनको लागि तोकेको पुँजी पुर्याउन गाह्रो भएको छ । ...

पत्रपत्रिका

सबै