३ दिने शिविरमा करिब २ सयको स्वास्थ्य परिक्षण

| ​​​​​​​धनकुटा

धनकुटा ३ कागतेमा बृहत निशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । धनकुटा नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

 स्पर्श हेल्थ होम फिजियो थेरापी एण्ड रिह्यावीलिटेशन सेन्टर धनकुटा ७ को प्राविधिक सहयोग तथा समृद्धि युवा क्लब धनकुटा ३ कागतेको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।

शिविरमा विभिन्न रोगका १ सय ९२ जनाको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको वडाध्यक्ष विकास घिमिरेले बताए । शिविरमा स्पर्श हेल्थ होम, फिजियो थेरापी एण्ड रिह्यावीलिटेशन सेन्टर धनकुटा ७ का डाक्टरहरुले प्यारालाइसिस भएका, नसा च्यापिएको, हाड जोर्नी तथा बाथका रोगीहरुलाई थेरापी प्रविधिबाट उपचार गरेको सेन्टरका सञ्चालक दिपन श्रेष्ठले जानकारी दिए । शिविरमा उच्च रक्त्तचाप, मधुमेह लगायतका विरामी समेत भेटिएको उनले जानकारी दिए । शिविरमा निशुल्क औषधी वितरण समेत गरिएको छ ।

धनकुटामा लगायत कोशी पहाडी क्षेत्रका प्यारालाइसिस भएका, नसा च्यापिएको, हाड जोर्नी तथा बाथका रोगीहरुको सहज रुपमा उपचार गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको  हो । यो सेन्टरले धनकुटाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका बासिन्दालाई निशुल्क शिविर सञ्चालन गरी सेवा दिने समेत उनले बताए ।

प्रतिकृया दिनुहोस्

हात्तिपाइलेको औषधी खुवाइने

img

पाँचथरमा फागुन १५, १६ र १७ गते हात्तिपाइले रोग निबारणको औषधी खुवाइने ...

सुआहराले आमाहरुको स्वास्थ्यमा सुधार

img

पाँचै गाउँपालिकाभित्र रहेका वडाहरुमा हरेक बार खाना चार र सुनौलो एक हजार ...

नाटाङ डाँडामा नि:शुल्क शिविर

img

नुवाकोट दुप्चेश्वर गाउँपालिका- ३ स्थित राउतवेशीको नाटाङ डाँडामा नि:शुल्क आँखा शिविर सम्पन्न ...

यौन तथा प्रजननसम्बन्धी प्रशिक्षण

img

सर्लाहीको बागमतीमा महिला यौन तथा प्रजनन स्वास्थ्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको ...

रसुवा अस्पतालको अध्यक्षमा रामशरण

img

कार्तिक ३० गतेको मन्त्री परिषदको बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत ...

नौकुण्ड पारच्याङमा स्वास्थ्य शिविर सम्पन्न

img

जिल्लाको नौकुण्ड गाउँपालिका ३ पारच्याङमा निशुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको ...

पत्रपत्रिका

सबै