आठराईका पशुपालकलाई आम्दानीको नयाँ बाटो

| तेह्रथुम

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर–४ इवामा गत माघ ५ गतेदेखि डेरी उद्योग सन्चालमा आएको छ । इवाका नारायण ढुंगाना र इलामका लाक्पा शेर्पाको संयुक्त पहलमा पञ्चकन्या डेरी उद्योग सञ्चालनमा ल्याइएको हो । डेरी उद्योगले अहिले दैनिकजसो ७० देखि ७५ लिटरसम्म दुग्ध संकलन गर्दै आएको छ । संकलित दुग्ध प्रशोधन गरी घ्यू र छुर्पी उत्पादन गर्दै आएको डेरी सन्चालक नारायण ढुंगानाले बताए । आजभन्दा ६ वर्ष अघिदेखि इवाकै बोगटी चोकमा लाक्पा शेर्पाले पन्चकन्या डेरी उद्योग सञ्चालन गर्दै आएका थिए । व्यवसाय विस्तार गर्दै शेर्पाले पशुपालक कृषकको माग अनुसार इवाको तल्लो भेगमा शाखा विस्तार गरेको बताए । डेरी सञ्चालन भएसँगै इवाको भानु,सिम्ले लगायतका किसानले दुग्ध विक्रिको लागि बजार पाएका छन् । अहिले डेरीमा इवाको सिम्ले, ढुङगे, भानु लगायत गाउँबाट मोटरसाइकलको प्रयोग गरी दुग्ध संकलन गर्दै आएको सञ्चालक ढुंगानाले बताए । ढुंगानाले बताए अनुसार दुधको मूल्य प्रतिलिटर ३० देखि ४५ को दरमा किसानले प्राप्त गर्दै आएका छन् ।

डेरी सञ्चालनको सुरुवातमा १५ लिटरसम्म संकलन हुँदै आएको तर आजभोलि दैनिक ७५ लिटर संकलन हुँदै आएको छ । इवाका पशुपालक किसान भीम पाठक ठुला जातका जर्सी गाई र भैँसी पाल्छन् । उनको घरमा दैनिक १० लिटर दुध जम्मा हुन्छ । उनले आजभोलि दैनिक रुपमा १० लिटर दुध डेरी पुर्याँउदै आएका छन् । गाई भैँसी पाल्न प्रसस्तै घाँस दाउरा भएको तर दुग्ध बेच्ने ठाउँ नपाइरहेको अहिले डेरी सञ्चालनमा आएपछि दुध विक्रि हुँदा खुसी लागेको उनले बताए । अहिले उनले दैनिक रुपमा अन्य किसानलेभन्दा धेरै दुध बिक्रि गर्दै आएका छन् । पहिले पहिले गाई भैसी पालेर पनि दुग्धबाट एक रुपैँया नलिने पाठकले अब मासिक १४ हजार रुपैयाँ समाउने भएका छन् ।

डेरी सञ्चालनमा पनि जति धेरै दुग्ध संकलन हुन्छ त्यति व्यवसाय गर्न सहज हुने सञ्चालक ढुंगानाले बताए । डेरिजन्य सामाग्रीको लागि बजार अभाव नरहेको तर दुग्ध संकलनका लागि जनशक्ति अभाव रहेको बताएका छन् । अहिले उनीहरू दुई जनाले मात्र डेरीमा काम गर्दै आएका छन् । दुग्ध संकलनका लागि ढुंगाना आफै जाने गरेका छन् । अब छिट्टै विश्वासी कर्मचारीको व्यवस्थापन गरेर एउटा गाडी सञ्चालनमा ल्याउने सोच बनाएको सञ्चालक ढुंगानाले बताए ।

गाडी सञ्चालनमा ल्याएसँगै दुग्ध संकलनको लागि इवादेखी ह्वाकु,छातेढुँगाको टुडिखेल,अर्चले,डाँडागाउँसम्म जाने तयारी गर्दै गरेको सन्चालक ढुंगानाले बताए । गाईभैँसीको दुध दुहुन जान्ने तर पैसा लिनबाट बन्चित रहेका त्यहाँका किसानहरुले बजार पाउने आशा जुटेको छ । अहिलेसम्म पनि अर्चले, होडा, टुडिखेल लगायतका पशुपालक किसानहरू गाईभैँसी पालेर आम्दानी लिनबाट बन्चित छन् ।

आठराईको गाउँ गाउँमा कच्चि सडक सञ्जालले छोएको छ । उन्नत जातका गाईभैँसी टाढाबाट ढुवानी गर्न पनि त्यति असहज भने छैन ।

लोकल जातका गाइभैँसी पालेर पनि मासिक १५ हजारसम्म आम्दानी लिन सक्ने सम्भावना भएका यहाँका किसानले दुध विक्रिका लागि बजार पाउने भएपछि उन्नत जातका गाई भैँसी पाल्न अग्रसर हुने सम्भावना छ । गाईभैँसीको दुग्धबाट पैसा लिन थालेसँगै किसानको लागि आम्दानीको नयाँ बाटो खुलेको छ ।

प्रतिकृया दिनुहोस्

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

गरे के हुदैन ? घलेलाई विदेश यही

img

अत्याधिक पर्यटकको आगमनसँगै धुञ्चेमा होटल व्यवसायहरू फस्टाएका छन् । हिजोआज सामान्य होटल ...

एभरेष्टको ‘३६० डिग्री भ्यू’

img

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी हजारौं पर्यटकहरू आउने गर्दछन् । यसमध्येमा ...

हावाबाट विजुली, हर्षित छन् सप्तमीबासी

img

खुसी छन् स्थानीय । हावाबाट सधैं दुःख खेप्नुपर्थ्यो । त्यही हावाबाट विजुली ...

उदाउँदै अर्चलेका रेशमी आमा समूह

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर-५ साविक छातेढुङ्गा-८ अर्चलेका महिलाहरू संगठित भई उदाएका ...

पत्रपत्रिका

सबै