सारथीको प्रगति

| तनहुँ

तनहुंँ जिल्लाको दमौलिमा प्रधान कार्यालय रहेको सारथी लघुवित्त वित्तीय संस्था लि.ले स्थापनाको एक वर्ष नपुग्दै उल्लेखनीय प्रगति हासिल गरेको छ ।

भर्खरै प्रकाशन भएको चालु आ.व.को प्रथम अर्द्धबार्षिक वित्तीय विवरण अनुसार संस्थाको यस अवधिसम्म कूल लगानीमा कर्जा रकम ४७ करोड ९० लाख रहेको छ । हालसम्म संकलित वचत रकम १० करोड ९ लाख रुपैयां रहेको छ । संस्थाले चालु आ.व.को ६ महिनामा ४३ लाख १२ हजार खुद नाफा कमाउन सफल भएको छ । संस्थाको चुक्ता पूंजी ७ करोड रहेको छ भने यस अवधिमा वित्तीय संस्था रिजर्भमा रकम वृद्धि गर्न समेत सफल भएको छ ।

 संस्थाले हालसम्म ७३ करोड ८७ लाख कर्जा वितरण गरि २५ करोड ९७ लाख कर्जा असुल गरि सकेको छ । गत अषाढसम्म १६ वटा शाखाहरु संचालनमा रहेकोमा चालु आवमा थप ९ वटा शाखाहरु स्थापना भइ शाखाहरुको संख्या २५ पुगेको छ । २६०३ वटा समूह स्थापना भई जम्मा ११६८२ जना महिला सदस्यहरु समूहमा आवद्ध रहेका छन् । संस्था पर्वत, तनहुं, लमजुङ, गोरखा, धादिङ र मकवानपुरमा समेत ६ वटा पहाडी जिल्ला र रुपन्देहि, नवलपरासी, वारा र पर्सा ४ जिल्ला तराईका समेत १० जिल्लामा सेवारत रहेको छ । चालु वर्ष स्थापित शाखाहरु नयां भएकोले सवै नोक्सानमा रहेको र पुरानो केहि शाखाहरु पनि नोक्सानमा रहेको भएता पनि चालु वर्षमा स्थापित शाखाहरु आंउदो २ महिना भित्र सवै नाफामा जान सफल हुनेछन् भन्ने जानकारी प्राप्त भएको छ ।

 संस्थाको जारी पूंजी राष्ट्रियस्तरको रहेको भएता पनि क्षेत्रीयस्तरवाट सेवा प्रारभ्म गरेको वित्तीय संस्थाले चालु आव भित्रै राष्ट्रियस्तरमा स्तरोन्नती हुने लक्ष्य राखेको छ । गत मंसिरमा सम्पन्न संस्थाको प्रथम साधारण सभाले १० करोडको जारी पूंजीलाई १२ करोड पुर्याइ वित्तीय संस्थालाई राष्ट्रियस्तरमा स्तरोन्नती गर्ने निर्णय गरि सकेको छ ।

संस्थाको हैसियत वृद्धिको लागि साधारण सभाले अन्य वित्तीय संस्था गाभिने, प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनको लागि आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव प्रदान गरि सकेको सन्दर्भमा संस्थालाई राष्ट्रियस्तरमा लैजानको लागि उपरोक्त निर्णय भएको छ । यो संस्था वैंक वित्तीय संस्थाको उच्च पदमा रहि लामो अनुभव प्राप्त गरेका अवकाश प्राप्त व्यवसायीक व्यक्तिहरुवाट स्थापित भएको र एनसिसि वैंक समेत संस्थाको संस्थापक भएकोले काम गर्न सजिलो भएको जानकारी गराउंदै भविष्यमा संस्थाले फरक ढंगवाट विपन्न वर्गको सेवामा विशेष योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

किसानलाई कृषि उपकरण वितरण

img

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ र ३ का कृषकहरुका लागि कृषि ...

लालीगुराँस महिला सहकारी मुनाफामा

img

महिलाहरुले सञ्चालन गरेको जिल्लाको उत्तरगया गाउँपालिकामा अवस्थित लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था ...

बैक इन्स्योरेन्स सम्झौता

img

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र सिभिल बैक लिमिटेडले बैक इन्स्योरेन्स सम्झौता गरेको ...

कालिकाको आम्दानी करोड 

img

उत्तरगया गाउँपालिका ५ छापमा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक आम्दानी करोड ...

मेदिबुङका महिला नयाँ संस्कृति बसाउँदै: सामूहिक खेती, सामूहिक काम

img

पाँचथरको याङवरक गाउँपालिकामा नयाँ संस्कृतिको विकास भएको छ । हिउँदको समय जाडो ...

रसुवागढीमा राजश्व संकलन बृद्धि

img

रसुवागढी नाकामा राजश्व संकलनमा बृद्धि भएको छ । २०७२ मंसिरदेखि चालु आर्थिक ...

पत्रपत्रिका

सबै