मेदिबुङका महिला नयाँ संस्कृति बसाउँदै: सामूहिक खेती, सामूहिक काम

| पाँचथर

पाँचथरको याङवरक गाउँपालिकामा नयाँ संस्कृतिको विकास भएको छ । हिउँदको समय जाडो हुन्छ । फुर्सदिलो समय पनि । फुर्सदमा दिउँसो घाम ताप्ने । गाउँघरमा एकआपसमा गफगाफ गर्ने । प्राय गाउँ समाजमा यस्तै छ, प्रचलन ।

तर पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर –४ बरडाँडाका महिलाहरुको सँस्कृति छुट्टै छ । कृषि संस्कृति । सँस्कृति जस्तै बनेको छ, सामूहिक खेती । सामूहिक खेतीले फुर्सदिलोलाई जाँगरिलो बनाएको छ ।

सामूहिक खेती,सामूहिक काम गर्नेलाई सरकारले पनि सहयोग गर्छ ।

तर सामूहिक खेती कतिको प्रभावकारीका साथ गर्न सकिन्छ ? दावाका साथ भन्छिन्, याङवरक –४ का इन्दिरा पोख्रेल ‘सफल हुन्छ ।’ पोख्रेलको समूहले आलु खेती गरेको छ । उनको समूहको नाम हो पारिजात महिला कृषक समूह । अहिले समूहमा २५ जना छन् । समूहका अध्यक्ष इन्दिरा पोख्रेल । उनीहरुले अहिले हिँउदे बालीको रुपमा लगभग पाँच रोपनी जग्गामा आलु खेती गरेका छन् । जम्मा लगानी ५० हजारको ४ सय केजी आलु रोपेका छन् । रोपेको आलु अहिले हरियो भएको छ । आलुबाट १ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएका छन् ।

एक्लै बारीमा आलु रोप्दा भन्दा समूह बनाएर खेती गर्दा धेरै फाइदा हुने अध्यक्ष पोखरेलको अनुभव छ । उनको अनुभवमा सामूहिक कामको फाइदा यसरी बुँदागत व्याख्या गरिन् : -

–समाजमा आपसी अन्तरक्रिया हुन्छ ।

–समूहमा काम गर्ने बानीको विकास हुन्छ ।

–दुःख सुख बाँड्न सकिन्छ ।

–काम गर्न जाँगर चल्छ ।

–सिँचाइको व्यवस्थापनमा सजिलो हुन्छ ।

–खेती प्रभावकारी हुन्छ अर्थात राम्रो मेहनत गरिने भएपछि उत्पादन पनि राम्रो हुन्छ ।

–हरेक व्यक्तिले थोरै काम गरे पुग्छ,थोरै काम गर्दा पनि फाइदा धेरै हुन्छ ।

–समूहमा काम गर्दा नयाँ नयाँ कुरा सिकिन्छ,नयाँ नयाँ विधि र प्रविधि जान्न सकिन्छ ।

 त्यस्तै सामूहिक खेतीको अर्को गज्जबको फाइदा भनेको,कोष निर्माण गर्नु हो । पारिजात महिला कृषक समूहले कोष पनि निर्माण गरेका छन् । महिनाको १ सय रुपैयाँ समूहको कोषमा जम्मा गर्न थालेका छन् । अहिले उनीहरुको कोषको रकम खर्च गर्ने छुट्टै परिपाटी छ । जुन परिपाटी हो घरायसी काममा प्रयोग नगर्ने । कोषको पैसाले कृषि उपजका बिउ बिजन किनमेल गर्न मात्र प्रयोग गर्ने । “कोषको रकम घरायसी काममा प्रयोग नगरौँ यो पैसा खेती गर्ने समयमा चाहिँ मल,बिउ,बिजन किन्न प्रयोग गरौँ ।” यो प्रस्ताव थियो , इन्दिराको । उक्त प्रस्ताबमा २५ जना सदस्यकै सहमति भयो । यसो गर्दा खेती लगाउने समयमा साहुको घरमा ऋण लिन जान नपरोस भन्ने उनीहरुको मनसाय छ । यसले गर्दा खेती लगाउने समयमा आर्थिक समस्या नपर्ने देखिन्छ ।

 पारिजात महिला कृषक समूहले आलु बेचेर आएको रकम प्रत्यक्ष बाँड्ने तयारीमा छैनन् । बेचेको पैसा कोषमा जम्मा गर्ने र ऋण लगानी गर्ने । कोषको रकमले आवश्यक हुनेको गर्जो टर्छ र कोषमा रहेको रकमबाट समूहका सबैलाई नाफा पनि हुन्छ ।

 सामूहिक खेतीबाट फाइदै फाइदा मिल्छ । जस्तो कि पारिजात महिला कृषक समूहलाई सरकारी सहयोग पनि छ । याङवरक गाउँपालिकाले यो समूहलाई आलुको बिउ,मल,खाद्य खरिद गर्न १ लाख रुपैयाँ दिएको छ । व्यक्तिलाई दिँदैन तर यसरी समूह बनाएर प्रस्तावना पेश गर्यो भने दिन्छ । एक व्यक्तिले माग गरेको गाउँपालिकामा सुनुवाइ हुँदैन । यसपाली इन्दिराको समूहले आलु खेतीका लागि पटक पटक प्रस्तावना पेश गरेका थिए । तर ढिलै भएपनि पछिल्लो प्रस्तावना पारित भएको छ । सामूहिक माग गरेको कुरा पाइन्छ । सामूहिक आवाज गाउँपालिकामा पुर्याउँदा बल्लबल्ल भएपनि १ लाख रुपैयाँ समूहमा परेको इन्दिराले बताए ।

यसरी सामूहिक खेती गरे लगानी धेरै पर्दैन । गाउँको आवश्यकता पनि सानै हुन्छ । गाउँमा सानै लगानीले पनि ठूलै काम हुन्छ ।

इन्दिराको गाउँमा सामूहिक खेतीले कृषि उत्पादन पनि बढ्ने देखिन्छ । गाउँमा काम गर्न जोस जाँगर पनि बढेको पाइन्छ । 

प्रतिकृया दिनुहोस्

रसुवागढी र साञ्जेनको साधारण शेयर खुल्ला

img

जलविद्युत कम्पनीहरुमध्ये सम्भावनायुक्त आयोजना मानिएका रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण ...

शैलुङले दिए चौरीपालकलाई पाँच लाख

img

कृषि र पलुपालनलाई जोड दिंदै आएको शैलुङ गाउँपालिकाले चौरीपालक समूहलाई पाँच लाख ...

तातोपानी नाका जेठ १७ देखि खुल्ने 

img

तातोपानी नाका जेठ १७ गतेदेखि संचालनमा आउने भएको छ । नाका संचालनको ...

एनसेलले कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्न सर्वोच्चको आदेश

img

एनसेलले कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्न सर्वोच्चले आदेश गरेको ...

धुञ्चेमा गुराँसको जुस, विरामीलाई अति उपयोगी

img

राष्ट्रिय फूल लालीगुराँस आफैमा बहुउपयोगी बनस्पति हो । धुञ्चेका गाउँलेले यसको स्वस्थ्यबर्दक ...

बीमा कम्पनीलाई पुँजी पुर्याउन गाह्रो

img

बीमा कम्पनीहरुलाई संस्था संचालनको लागि तोकेको पुँजी पुर्याउन गाह्रो भएको छ । ...

पत्रपत्रिका

सबै