फोनिज रौतहट शाखाको अध्यक्षमा उपेन्द्र

| रौतहट

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रौतहट जिल्ला भेला सम्पन्न भएको छ। शुक्रबार चन्द्रनिगाहपुरमा सम्पन्न भेलाले उपेन्द्र गोलेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला शाखा गठन गरेको हो ।

चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उपाध्यक्ष रन्जीव लामा, सचिव अस्मिता आले मगर, सहसचिव दिपक श्रेष्ठ, कोषाध्यक्ष अमृता आले मगर चयन भएका छन् । त्यसैगरी सदस्यहरू जेन्जे लामा, राजेन्द्र कुमर र ललि गोले रहेका छन्।

भेलामा प्रेस चौतारीका केन्द्रीय सदस्य फणिदेव महत, गुञ्जन एफ.एमका स्टेशन म्यानेजर संजय कार्की, चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष संजय काफ्ले उपस्थिति रहेका थिए । त्यस्तै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. २ का संयोजक तथा इन्चार्ज निरज पिठाकोठी मगर लगायत रौतहट जिल्लामा आदिवासी जनजाति पत्रकारितामा क्रियाशील आदिवासी जनजाति पत्रकारहरुको उल्लेखनीय सहभागिता थिए ।

भेलामा बोल्दै नगरप्रमुख चौधरीले नगरपालिकामा भए गरेका कार्यप्रति सचेत गराउनुका साथै सुधारको लागि पत्रकारहरुको कलमले भण्डाफोर गर्नुपर्ने बताए । जनजाति पत्रकारको गुणात्मक थोरै भएपनि एउटा कलमले हजारौले गर्ने काम गर्न सक्ने हुँदा आचारसंहितामा रहेर कलम चलाउन अनुरोध समेत गरे ।

प्रेस चौतारीका केन्द्रीय सदस्य फणिदेव महतले अबका दिनमा पत्रकार महासंघसँगै विभिन्न पत्रकारका संगठनसँग समन्वय गरी जानुपर्ने सुझाव दिए ।

सञ्चारकर्मी संजय कार्कीले आफूहरू आदिवासी जनजाति पत्रकारहरुसँग हातेमालो गरेर जाने र क्रियाशील पत्रकारहरुले आवश्यक सहयोग गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

छ्योइफेलिङ गोन्पामा प्राणप्रतिष्ठा सम्पन्न

img

छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) र छेवाङ पुजा सम्पन्न भएको छ ...

जनजाती महासंघमा युगेल शेर्पा

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्षमा युगेल तेन्ढुप शेर्पा चयन भएको छ ...

मातृभाषाबारे गोष्ठी

img

अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा वर्ष २०१९ को सन्दर्भमा राजधानीमा कार्यक्रम आयोजना भएको छ ...

घेदुङले गरे समीक्षा

img

संघीय सरकारले सबैको अपनत्व हुने गरी ल्होछारको सार्वजनिक विदा दिने पहलकदमीमा लागेको ...

फोनिज प्रदेशको अध्यक्षमा पेमा

img

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को प्रथम महाअधिवेसनबाट अध्यक्षमा काभ्रेका ...

तामाङ अध्ययन गोष्ठी सम्पन्न

img

तामाङ न्हाङखोरले प्रथम वार्षिकोत्सवकाे तामाङ अध्ययन गोष्ठी सम्पन्न गरेको छ । फागुन २७ ...

पत्रपत्रिका

सबै