इसेवा दशौं वर्षमा

७५ लाख सेवाग्राही, एजेन्ट नेटवर्क ४५ हजार

| काठमाडाैं

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवा फोन पे प्रा.लि.दशौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५बाट सेवा सुरु गरेको इसेवा हाल मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इसेवाले यो एक दशकको अवधिमा ठुलो फड्को मारेको छ भने आम मानिसलाई लाइन बसेर बिल भुक्तानी गर्नुपर्ने झञ्जटबाट मुक्ति दिएको छ ।

दशवर्षको अवधिमा इसेवाबाट प्रत्येक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर ४५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख पुगिसकेको छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

दशौँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीका अध्यक्ष विश्वास ढकालले भन्नुभयो मोबाईललाई कुराकानी गर्ने माध्यमबाट शुल्क भुक्तानी र किनमेल गर्ने साधनका रूपमा स्थापित गर्न सफल भएका छौँ । मोबाईल वित्तीय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याएर आम मानिसको दैनिक जनजीवन सहज बनाउने कार्य हामीले सुरूवात गरेकोमा हामी गौरवान्वित बनेका छौँ

नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा इसेवाको उपस्थितिरहेको र विकट क्षेत्रहरुमा इसेवाले अँझ सहजता ल्याएको ढकालको छ । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरू विस्तार गर्दै लगिने कम्पनीको भनाई छ ।  

प्रतिकृया दिनुहोस्

चार्जिङ सेन्टर स्थापना

img

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको सुविधाको लागि नेपाल टेलिकमको सहयोगमा मोबाइल चार्ज ...

ओपोद्वारा एकै हप्ता चार नयाँबजार प्रवेश

img

स्मार्टफोन ओपोले तिब्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता ...

ओपोलाई टीयूभी ह्रायनल्याण्डद्वारा मान्यता

img

प्रसिद्ध अन्तरराष्ट्रिय सेफ्टी अथोरिटी, टीयूभी ह्रायनल्याण्ड, जर्मनीले ओपो ईलेक्ट्रोनिक्सको स्वामित्व अन्तर्गतको र्यापिड ...

शैलुङको नादानघर डाँडामा जिएसएम टावर संचालन

img

दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर १ स्थित ताम्चेत दुधपोखरीको शिर नादानघर डाँडामा ...

ओपो एफनाइन जेड ग्रिन एडिसन सार्वजनिक

img

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले वैश्विक स्तरमै निकै लोकप्रियता कमाएको स्मार्टफोन ओपो ...

ओपो एफनाइन जेड सार्वजनिक हुदै

img

ओपोले विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित ...

पत्रपत्रिका

सबै